
तिलक नेपाली
उर्लाबारी, २३ चैत
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था विर्तामोड झापाले मोरङको उर्लाबारीमा दुई दिने व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न गरेको छ । संस्थामा आवद्ध उर्लाबारी र मिक्लाजुङका समूहका सदस्यहरुलाई लक्षित गरी उर्लाबारीमा तालिम प्रदान गरिएको हो ।
सहकारीको मंगलबारे सेवा केन्द्रको आयोजनामा सञ्चालित तालिममा २८ जनाको सहभागीता रहेको थियो । उनीहरुलाई प्राविधिक ज्ञान, बाख्रा पालन कसरी गर्ने, घाँस कुन जातको लगाउने, गोठ खोर सुधार, दाना कति खुवाउने लगायतका विषयमा सहजीकरण गरिएको मंगलबारे सेवा केन्द्रका प्रमुख रोशनकुमार ढुंगालाले जानकारी दिए ।
पशुपोषण विशेषज्ञ डा. कमलेश्वर साह र पशु प्राविधिक सन्जीत यादवले सहजीकरण गरेको तालिम उपलब्धिमूलक भएको सहभागीहरुले बताए । संस्थाले कृषकहरुलाई बिउ बोक वितरण, भ्रमण गराउने, पशुविमा, मासिक बैठक जस्ता सुविधा प्रदान गर्दै आएको ढुंगानाले बताए । सहारा नेपालमा आवद्ध भई बचत तथा ऋणका साथै कृषक समूहलाई क्षमता अभिवृद्धि गर्दै आएको संस्थाले जनाएको छ । तालिममा नाम्ले, जुकाको औषधी र भिटामिन निःशुल्क वितरण गरिएको छ ।