
उर्लाबारी, २३ चैत
उर्लाबारी नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बुधबार वडा नम्बर ८ जरूवापानीमा उर्लाबारी नगरपालिका प्रमुख खड्गबहादुर फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी र वडा नम्बर ८ का वडा अध्यक्ष कुलबहादुर कार्कीले शिलान्यास गर्नु भएको हो ।
वडा कार्यालय निर्माणका लागि वडा नम्बर ८ का स्थानीयबासीले करिब १ करोड बराबरको १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । स्थानीय कृणप्रसाद दाहाल, पुष्टबहादुर डागी, नैरसिंह मगर, मानबहादुर धिमाल, बुद्धिप्रसाद भट्टराई, मोहनदेवी भट्टराई, शम्भुप्रसाद भट्टराई, रामचन्द्र निरौला, शिवप्रसाद निरौला, भरतकुमार बस्नेत, इश्वरीप्रसाद भट्टराई, नवराज भट्टराई, निलप्रसाद गौतम, डिल्लीराम न्यौपाने र गोबिन्द भट्टराईले निःशुल्क जग्गा उपलब्ध गराएका हुन् ।



