
२०७८ चैत्र २३ गते बुधबार, ०६ अप्रिल २०२२ । चैत्र शुक्लपक्ष पञ्चमी तिथि । रोहिणी नक्षत्र, १८ः४६ बजेदेखि मृगशिरा । चन्द्रराशी– बृष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धनको समस्या हल हुने समय छ । पार्लरको काममा हात हालेमा लाभ मिल्ने समय छ । अनावश्यक बार्तालापमा सामेल हुनुपर्ने हुनसक्छ । ज्वाँईचेलाको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । दाँतको समस्या हल हुने समय छ । छिमेकीको साथ–सहयोगमा गरेको काममा सफलता मिल्दै जाने समय छ ।




बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साहित्यमा रूचि बढेर जानेछ । नेत्र समस्या हल हुँदै जाने समय छ । छालको समस्याले पिरोल्दै लैजान सक्नेछ । विद्वानको साथ र सहयोग मिल्ने समय छ । रुचिको काममा सफलता मिल्नको लागि समय धेरै लाग्न सक्नेछ । घरायसी समस्याहरु हल हुँदै जानेछन् । कृषि व्यवसायमा प्रसस्तै लाभ मिल्दै जानेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवम् सद्भाव मिल्दै जाने समय छ तर परिवारका सदस्यको स्वास्थ्यमा भने ख्याल गर्ने समय आएको छ । अनावश्यक लफडामा नपरेकै बेश होला जेलनेलको सम्भावना छ, सचेत भएर काम लिनुहोला । आँखाको समस्याले सताउन सक्नेछ । खरिद–बिक्रीमा खासै नाफा नहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, आजको दिन यस्तै कुरामा मनमा सन्तुष्टि प्राप्त हुने दिन हो । आमा–बाबाको स्वास्थ्यमा समस्या आउन सक्नेछ विशेष ख्याल गर्नुहोला । कलाकारको लागि आजको दिन लाभप्रद छ । सुन–चाँदीको व्यवसायमा अनपेक्षित लाभ हुनाले मनमा उमङ्ग भरिएर जानेछ । मध्यपानमा गरेको लगानी सोचे अनुरुप छैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
माया प्रेमका कुरा गर्दा गर्दै दिन व्यतित हुनेछ । वकिल, पण्डित लगायत बक्ताहरुको लागि आजको दिनमा विषेश नै सम्मान मिल्ने समय छ । इम्पोर्ट–एक्स्पोर्टरको लागि आजको दिन प्रगतिदायक छ । सन्तानको सुख मिल्ने समय छ । घाँटीको समस्याले पिरोल्न सक्नेछ, स्वास्थ्यमा ख्याल गर्ने समय आएको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमाइलो तथा लामो दुरीको रोमाञ्चक यात्रामा सामेल हुने समय आएको छ । कार्पेन्टरको लागि आजको दिन सुनौलो हुनेछ । गाडी–घोडाको व्यवसाय फस्टाउने समय छ । अनावश्यक काममा एकोहोरिएर घोरिँदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, सचेत बन्नुहोला । कार्पेट तथा कपडाको काममा लाभ मिल्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ईष्र्या गर्नेहरूले आफ्ना प्रयास जारी हुने हुनाले सचेत भएर काम गर्नुहोला । आनन्द र तिर्सनामा बृद्धि हुँदै जाने समय छ । उद्घोषण कलामा तपाईंको प्रगति देखेर डाह गर्नेहरुको कमी हुनेछैन । हस्तकला तथा चित्रकारको लागि भने आजको दिन लाभप्रद रहनेछ । प्रकृति प्रेममा दिन बित्नेछ । गायकको लागि आजको दिनमा गलाको समस्या आउन सक्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दुग्धजन्य व्यवसायमा सोचे अनुकुल नाफा नहुनाले मनमा पिडा बढेर जानेछ । खेल क्षेत्र तथा कला क्षेत्रमा चर्चा बटुल्न सक्नुहुनेछ । पतिपत्नीले एकआपसमा एउटा सुखद अनुभूति गर्ने समय छ । गुरुजनको साथ नहुँदा तपाईंको काममा सफल बन्न निकै मेहनत गर्नुपर्ला । छिमेकीको काममा अल्मलिदा आफ्नो काममा भने समय दिन गाह्रो पर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरका अल्झनहरु हटेर जाने समय आयो । नयाँ कामको प्रस्ताव आउनेछ, आएको प्रस्तावलाई सहजै स्वीकार्दा नै उत्तम हुनेछ । वाद्यबाधकको लागि आजको दिन उत्तम छ । ढाड तथा पैतालाको समस्याले सताउन सक्नेछ । अनावश्यक यात्रामा नानिस्किएकै जाती हुनेछ, यात्रामा निस्कदा चोटपटकबाट भने बच्नुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिछोडिएको प्रेम सम्बन्ध पुनः सुचारु हुने समय आएको छ । घरायसी सामानको व्यापार–व्यवसायमा लाभ लिनुहुनेछ । बौद्धिक जगतले तपाईंको प्रसस्तै तारिफ गर्ने समय छ । साथीभाइको साथ र सहयोगमा गरिएको कामले पूर्णता पाउने समय छ । घर तथा जग्गा–जमिनको उपलब्धीमुलक तवरले व्यवसाय फस्टाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गायक तथा संगीतकारको लागि आजको दिन लाभ प्रसस्तै लिने समय छ । अन्तर्राष्ट्रिय क्षेत्रको यात्रामा निस्कने समय छ । ठूलो आन्द्राको समस्या आउन सक्नेछ ख्याल गर्नुहोला । आफन्तको साथ र सहयोगमा गरिएको काममा लाभ मिल्ने समय छ । पानी तथा तेलजन्य तरल पदार्थको व्यवसाय फस्टाउँदै जानेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पराक्रम बढेर जानुका साथै कर्मचारीको साथ र सहयोगमा बन्न नसक्ने काम पनि बन्ने समय छ । गजलकारको लागि आजको दिन लाभदायक छ । तामा तथा सुनको व्यवसायमा थप लगानी गरेर मनग्य लाभ लिने समय छ । खेल क्षेत्रमा गरेको मेहनत प्रभावकारी रहनेछ । इन्टरनेटमा काम गरेमा मनमा हर्ष छाउनेछ ।