About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २२ चैत
नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको छ । सबै जिल्ला समितिलाई पत्राचार गर्दै कांग्रेसले उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै भने नतोक्न आग्रह गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जिल्ला समितिलाई तत्काल उम्मेद्वार नतोक्न भनेको बताए । ‘सिफारिसलगायतका सबै काम गरे पनि रामबहादुर, श्यामबहादुर भनेर उम्मेद्वार नै चाहिँ नतोक भनेका हौं’ उनले भने, ‘केन्द्रले अर्को निर्णय नगर्दासम्म नतोक भनेका छौं ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय