About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

२०७८ चैत्र २२ गते मंगलबार, ०५ अप्रिल २०२२ । चैत्र शुक्लपक्ष चतुर्थी तिथि । कृतिका नक्षत्र, १६ः२३ बजेदेखि रोहिणी । चन्द्रराशी– बृष ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

लामो समयदेखि फसेको धन उठ्ने समय छ । विभिन्न परिकारको भोजनमा सहभागी हुने तथा रमाइलो गर्दागर्दै दिन बित्नेछ । मादक पदार्थको सेवन नगर्नुहोला, जोसमा होस गुम्न सक्नेछ । रङ्गकर्मीको लागि आजको दिन निकै नै लाभदायक छ । गायक तथा लेखकको लागि आजको दिन निकै नै प्रगतिदायक देखिन्छ ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

विलासिताको व्यवसायमा सामान्य लाभ हुनेछ । नेतृत्वदायी भूमिकामा रहनुहुनेछ तर अपजस खेप्नुपर्ने समय हुनाले सजग भएर मात्रै निर्णय लिनुहोला । शिष्टाचार बसाइमा सामेल भएता पनि मनमा खुलदुली भने मेटिने छैन । टेलिभिजन पत्रकारको समय उत्तम छ । चित्रकारको लागि आजको दिन खासै अनुकुल देखिन्न ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पाउन लागेको राजकीय सम्मानबाट तपाईंको नाम हट्नाले मनमा शान्ति र अनुहारमा कान्ति हटेर जानेछ । जुत्ता तथा लत्ताकपडाको ब्यवसायमा राम्रै लाभ लिनुहुनेछ । अनावश्यक रिक्स लिनाले तनाव र भय उत्पन्न हुने समय छ । धार्मिक क्षेत्रका काममा अपजस खेप्नुपर्नेछ । इन्टरनेटको काममा लाभ लिनुहुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मेहनतले गरेको काममा प्रशस्त फाइदा दिलाउने समय हो, रोकिएको काममा पनि दोहो¥याएर कर्म गर्नुहोस्, सफलता पाउन सकिने समय छ । दम्भले गरेको काममा भने खासै लाभ नहोला । कलाकारको लागि आजको दिन लाभ प्रदायक छ । कृषि क्षेत्रमा गरेको लगानीमा प्रसस्तै लाभ मिल्दै जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ लगानी वा लेनदेन हो भने सोचेर कदम चाल्नु ठीक हुन्छ नभए फस्न सक्नुहुनेछ । तपाईंले गर्दै गरेको पुरानो काममा भने राजकीय सम्मान मिल्ने समय छ । पाइलट, ड्राइभर लगायत चालक वर्गको लागि आजको दिन सुखप्रद नै देखिन्छ । जस्तापाता तथा फलामको व्यवसायमा लाभ मिल्ने समय हो । विवादका बारेमा नघोरिनु होला नयाँ ढंगले व्यवहार गर्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धनमालको नोक्सानी हुने दिन भएकाले ताला साँचो र राखनधरनमा सतर्कता अपनाउनुपर्ने हुन्छ, सजगता नअपनाएमा ठूलै नोक्सानी वेहोर्नुपर्ने हुनसक्छ । धार्मिक कार्यमा सहभागी हुन पाउनुहुनेछ । कार्टुन तथा सिसाको काममा लाभ मिल्दै जाने समय छ । पितृको आशीर्वाद लिँदै गरेको काममा मनग्य लाभ लिने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

गुप्त रोगले सताउँदै जाने हुनाले सजग रहनुहोला । तरकारी तथा फलफूलको व्यवसायमा मनग्य लाभ हुनेछ । नसोचेको ठाउँबाट धनलाभ भएता पनि भय र त्रास भने भई नै रहनेछ । कलर पेण्टरको लागि समय उपयोग गर्नसके मनग्य लाभ लिने समय छ । एक्लै वा एकान्तमा बसेर तयारी गरेको राम्रो हुनेछ । वाकयुद्धबाट टाढै रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कुनै मनै पिरोल्ने समस्यालाई समेत हल गर्न सक्नुहुन्छ आज तपाईंले । पत्रकारको लागि समय प्रभावकारी छ । काँचको काममा मनग्य लाभ लिनुहुनेछ । घर–परिवारमा समय दिन नसक्दा समस्या उत्पन्न हुनसक्छ, बिचार पु¥याएर अगाडि बढ्नुहोला । ठूलो महत्वाकांक्षा राख्नाले केवल निराशा मात्र बढ्ने हुनाले कर्ममा फोकस गरे राम्रो होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नै प्रेमी शत्रु हुनाले अनावश्यक तनावमा फस्ने डर छ । सोच–विचार पु¥याएर अगाडि बढ्नुहोला । आफन्त तथा मित्रजनको खासै विश्वास नगरेकै बेस हुनेछ । तेलजन्य पदार्थको व्यवसायमा घाटा वेहोर्नुपर्ने हुनसक्छ । सम्मान मिलेता पनि मनमा उमङ्ग भने नरहला । लामो दुरीको यात्रामा सामेल नहुनु नै बेश होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रशासनिक झमेलाबाट टाढै रहनुहोला, अनावश्यक पीडा हुनसक्छ । घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ तर आफ्नो लागि भने समय निकाल्न गाह्रै पर्ला । दान–धर्ममा मन जाने समय छ । लेखन कलामा मन जाने समय छ । प्रेमी–प्रेमिकाको लागि आजको दिन अनुकुल रहेको छ, मिलेर नयाँ कामको थालनी गरे राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

काममा बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्ने खतरा रहन्छ, सोचेर–बुझेर मात्रै अगाडि बढ्नुहोला । प्राविधिक तथा सीपमूलक काममा प्रगतिको समय छ । कलात्मक कुरा गरेर भने कुनै पनि काम सहजै अगाडि बढाउन सक्नुहुन्छ । नातेदार तथा आफन्तसँग काम गर्दा सचेततापूर्वक काम गर्नुहोला । पुननिर्माणको काममा फाइदा लिनुहुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

शेयर बजारमा लाभ मिल्ने समय छ । फसेको धन सहजै उठ्ने समय छ । विभिन्न भौतिक वस्तुको व्यापार बढेर जानेछ । कसैलाई पनि केवल आश्वासन मात्र नदिनुहोला नत्र आपतमा पर्न सकिनेछ । आज खेलकूद र मनोरञ्जनका क्षेत्रमा निकै खर्च बढेर जाने समय छ । आँटले कीर्तिमानी दिलाउन सहयोग पु¥र्याउनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय