
२०७८ चैत्र २१ गते सोमबार, ०४ अप्रिल २०२२ । चैत्र शुक्लपक्ष त्रितिया तिथि । भरणी नक्षत्र, १४ः२० बजेदेखि कृतिका । चन्द्रराशी– मेष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा गरेको लगनशिलताले गर्दा तपाईंको कामले सहजै सफलताको यात्रा तय गर्नेछ । पुराना साथीभाइसँगको भेटघाटमा दिन रमाइलो हुँदै जानेछ । सहयोग गर्नलाई हातहरु अगाडि बढाउँदा मनमा उमङ्ग थपिदै जानेछ । पेन्टर तथा चित्रकारको लागी समय अनुकुल देखिन्छ । शत्रुको भय कम हुनुका साथै शत्रुबाट नै सहयोग मिल्नेछ ।




बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सिसा व्यवसाय तथा कार्टुनको व्यवसाय फस्टाउदै जाने समय छ । शारीरिक रुपमा स्वास्थ्य भएता पनि मानसिक तनाव बढ्न सक्नेछ । सामुद्रिक क्षेत्रमा कष्टकर यात्रामा सामेल हुनुपर्ने समय हो, यात्रामा ध्यान नपुर्याउनाले भने स्वास्थ्य बिग्रिन सक्नेछ । अनावश्यक खर्चको कारणले गर्दा कार्य सम्पादन गर्न गाह्रो पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नसोचेका व्यक्तिको माध्यमबाट फसेको धन उठाउन सहयोग मिल्नेछ । स्त्रीको सहयोगबाट अल्झिएर बसेका कामहरु बन्न सहयोग मिल्नेछ । जल तथा पेट्रोलियम पदार्थको व्यवसाय फस्टाउदै जानेछ । समयलाई चिनेर काम गर्न सकेमा नव कर्मले पनि गति लिने समय छ । पशु व्यवसाय फस्टाउदै जाने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम सम्बन्धमा आएको समस्या समाधान हुँदै सम्बन्धले नयाँ गति लिने समय छ । नेतृत्वमा तपाईंको भूमिका महत्वपूर्ण रहनेछ । शेयर बजारमा गरेको लगानीमा प्रसस्तै लाभ मिल्दै जानेछ । फलफूल तथा तरकारीमा गरेको लगानीमा फाइदा हुँदै जानेछ । शिक्षामा गरेको लगानी लाभ नहुनाले मनमा दुःख उत्पन्न होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन अध्यापनमा मन नजानाले परिक्षार्थीको लागी भने आजको दिनमा समय सोचे अनुकुल देखिदैन । लत्ताकपडा, लुगाकपडाको व्यवसाय फस्टाउदै जाने समय छ । आर्थिक परिस्थितिले साथ र सहयोग गर्दै जाने समय छ । लामो तथा छोटो दुरीको यात्रामा सामेल हुँदा रमाइलो हुनेछ । स्त्री सुखमा बृद्धि हुँदै जानेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पुराना काममा सफलता मिल्दै जाने तर नयाँ कामको लागी भने उपयुक्त समय छैन । रबर तथा प्लास्टिकको काममा लाभ मिल्दै जाने समय छ । भान्जाभान्जी तथा ज्वाँईचेलाको साथ सहयोगमा गरेको काममा सफलता मिल्दै जानेछ । शिक्षकको लागी आजको दिन अनुकुल देखिन्न ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्पत्ति आय अर्जनमा बृद्धि हुँदै जाने समय छ । साहसी काम गरेर लाभ उठाउन सकिने समय छ । शास्त्र पाठकको लागी समय अनुकुल रहेको छ । फलाम–टिनको व्यवसाय उन्नति हुँदै जानेछ । ईम्पोर्ट–एस्पोर्टको व्यवसाय फस्टाउने समय छ । मौरीपालनको व्यवसाय फस्टाउने समय छ । शत्रुको भय रहिरहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ घोडा–गाडी खरिद नगर्नुहोला । काचको व्यवसाय फस्टाएता पनि नाफा भने सोचे अनुकुल नहोला । सुरक्षाको क्षेत्रमा गरेको काममा अपजस खेप्नुपर्ने समय हुनाले सोचेर काम गर्नुहोला । दान–धर्ममा मन जानेछ । कच्चा पदार्थको व्यवसायमा कर्म अनुकुल नै लाभ हुँदै जानेछ । पत्निसँगको झगडाले काममा केही ढिलाइ हुनसक्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्रामा समस्या आउन सक्नेछ, ख्याल गर्नुहोला । आर्थिक समस्या केही मथ्थर भएता पनि पूर्ण रुपमा हल हुने छैन । पानी तथा तेलजन्य व्यवसायमा सामान्य लाभ नै हुनेछ । डर–धम्कीको समय भएता पनि काममा साथ दिनेहरुको कमी हुनेछैन । प्रेमी जोडीको लागि आजको दिन सुमधुर प्रेममा झुम्ने दिन रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक समस्याहरु बढेर जान सक्नेछन्, बेकारको झमेलाबाट बच्नुहोला । जग्गा–जमिनको झमेलाबाट बचेर काम गर्नुहोला । आमाको स्वास्थ्यमा सुधार आउनेछ । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ, बिचरा पुर्याएर अगाडि बढ्नुहोला । स्त्रीको सहयोगमा गरेको काममा लाभ मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धनको मामलामा आफूलाई धैर्य र संयम बनाउनु राम्रो हुन्छ, यो समयमा कुनै लफडा वा झमेलामा फस्ने सम्भावना रहेको छ । जोखिम मोलेर गरेको कामबाट आज अप्रत्यासित ढंगले लाभ लिन सहयोग मिल्नेछ । उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा सोच्ने समय छ । आफूभन्दा सानो उमेरका नातेदारका तर्फबाट लाभ लिने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आयुर्वेदिक खोज तथा अनुसन्धानमा महत्वपूर्ण फाईदा लिने समय छ । अनुसन्धानात्मक काममा महत्वपूर्ण भूमिका तपाईंको रहनेछ । पशु अधिकारकर्मीको लागी आजको दिन लाभदायक छ । ढाका लगायत मौलिक कपडाको व्यवसाय फस्टाउने छ । ऋणले सताइरहेको समयमा कोही सहयोगी निस्किएर समस्या समाधान हुनेछ ।