About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २० चैत
उर्लाबारी नगरपालिकाका तीन जना वडाध्यक्षले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन नगरपालिकालाई फिर्ता गरेका छन् । वडा नं. २ का वडाध्यक्ष राजन कँडेल र वडा नं .३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीले स्कुटर तथा वडा नं. ७ का वडाध्यक्ष वीरबल थापाले मोटरसाइकल फिर्ता गरेका हुन् ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले शनिबार पत्रकार सम्मेलन गरी सरकारी गाडी फिर्ता गरेको जनाउँदै नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुलाई पनि फिर्ता गर्न आग्रह गरेका थिए । सोही बमोजिम तीन जना वडाध्यक्षले सवारी साधन फिर्ता गरेका हुन् । उर्लाबारीमा नेपाली काँग्रेसबाट निर्वाचित पाँच जना वडाध्यक्ष छन् । ती मध्ये वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली र वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले सरकारी गाडी प्रयोग गरेका छैनन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय