About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २० चैत
स्थानीय सरकार आएदेखिनै उर्लाबारी–२ जनपथ टोलका वासिन्दाहरुको माग थियो, सन्जोरा खोलमा पुल बनोस । वर्खाको समयमा खोलामा आउने बाढीका कारण सो क्षेत्रमा बसोबास गर्ने ४० परिवार स्वास्थ्य, शिक्षा, रोजगारी र प्रशासनिक कार्यका लागि उर्लाबारी पुग्न ७ किलोमिटर घुमेर पथरी हँुदै मंगलबारे र उर्लाबारी पुगेर सेवा लिन बाध्य थिए ।
तर, अब नगरपालिकाको सुकुम्वासी बस्तीलाई जोड्ने सन्जोरा खोलामा बेली ब्रिज बन्ने भएपछि उनीहरुले वर्षौदेखि भोग्दै आएको समस्या हल हुने भएको छ । खोलामा पुल बन्ने भएपछि गाउँलेहरु एक हातमा स्कुले बालबच्चा डोहो¥याउदै अर्को हातमा शिलान्यास गर्ने ईटा बोकेर हर्षित हुँदै निर्माण स्थलमा पुगेका थिए । शुक्रबार उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले उक्त पुलको शिलान्यास गरेका हुन् ।
उर्लाबारीमा खोलापारीको गाउँ भनेर चिनिदै आएको जनपथ टोललाई उर्लाबारीसँग सहज रुपमा जोड्नका लागि संघीय सरकारको शर्सत अनुदानबाट प्राप्त १ करोड २२ लाख र नगरपालिकाको ५ प्रतिशत लागतमा १ सय २१ मिटर लामो बेली ब्रिज बन्ने वडाध्यक्ष राजन कँडेलले बताए । पुलको शिलान्यास गर्दै मेयर फागोले समयमै पुलको निर्माण कार्य सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिए ।
दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै जीवन गुजारा गर्दै आएका सो क्षेत्रका स्थानीयले स्थानीय सरकारको आगमनसँगै विकास निर्माणका थुप्रै योजनाहरु आफूहरुले अनुभुति गर्न पाएको प्रतिक्रिया दिए । वडाले सो क्षेत्रमा बसोवास गर्ने घरवार विहीन तथा विपन्न १० परिवारको ५ वर्षको अवधिमा ३ लाखका दरले १० वटा घर समेत निर्माण गरेको वडाध्यक्ष कडेलले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय