About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, २० चैत
ताप्लेजुङमा चट्याङ लागेर एक जना भलिबल खेलाडीको मृत्यु भएको छ । वर्षासँगैको चट्याङले लागेर ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोल निवासी मुकेश भट्टराईको मृत्यु भएको हो ।
शनिबार बेलुका साढे ८ बजेतिर सोही स्थानका रनबहादुर चौहानको दूध डेरीको अगाडि बसिरहेको अवस्थामा उनलाई चट्याङले लागेको थियो । स्थानीयले तत्काल बोकेर तेल्लोक प्राथमिक उपचार केन्द्र पु¥याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पालिकास्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने २३ वर्षीय भट्टराई गाउँपालिकाको राम्रो भलिबल खेलाडी थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय