About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

२०७८ चैत्र २० गते आइतबार, ०३ अप्रिल २०२२ । चैत्र शुक्लपक्ष द्वितीया तिथि । अश्विनी नक्षत्र, १२ः४२ बजेदेखि भरणी । चन्द्रराशी– मेष ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ कामको थालनी गर्न मन, तन र धनले साथ दिने समय छ । पशु अधिकारकर्मीको लागि आजको दिनमा सम्मान प्राप्तिको योग छ । दिव्य ज्ञान मिल्ने समय हुनाले गुरुवाणीलाई विषेश ध्यान दिनुहोला । होटल व्यवसायमा भने सोचे अनुकुल प्रगति नहुँदा मनमा चिन्ता बढेर जानेछ । तरकारी तथा फलफूलको व्यवसायमा मनग्य लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

जलीय खाद्यान्न व्यवसाय फस्टाउदै जानेछ । मिष्ठान्न भोजनमा सामेल भएता पनि स्वास्थ्यले साथ नदिनाले पिडा हुनसक्छ । तपाईंको सौन्दर्यताको विषयलाई लिएर खिस्सी उडाउन सक्नेछन् । दिन दुःखीको सहयोग गर्न पाउँदा मनमा हर्ष छाउनेछ । अनावश्यक विवादमा पर्न सक्नुहुनेछ, सचेत रहनुहोला । प्रेसरको कारणले बन्न लागेको कामा बिग्रिन सक्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

प्रेरक बक्ताको लागी आजको दिनमा थप नयाँ कुराको साहस मिल्दै जानेछ । धनदौलत जोड्ने समय छ । इलेक्ट्रोनिक्स वस्तुको व्यवसाय बृद्धि भएर जानेछ । साधु, सन्तको संगतले गर्दा मनमा शान्ति छाउने छ । सुन–चाँदीको व्यवसाय फस्टाउँदै जानेछ । लोकको लागी गरेको काममा मान–सम्मान मिल्ने समय छ । प्रेममा धोका होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अड्किएर बसेका सामाजिक तथा सरकारी कामहरु सहजै बन्ने समय छ । राजनीतिमा ठूलो ठाउँ प्राप्त हुने समय छ । लगानी गरेको ठाउँमा मनग्य लाभ मिल्दै जानेछ । सुखमा बृद्धि हुँदै जानेछ । सवारी साधनको यात्रामा भने सजग रहनुहोला । मान्यजनको साथ र सहयोग मिल्नेछ । तेलजन्य वस्तुको व्यवसाय फस्टाउदै जाने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रमाइलो भेटघाट तथा पार्टीमा सहभागी हुन समय छ । गोपनीयता भंग हुनाले समस्यामा परिनेछ । फोटो चित्रकारको लागी समय अनुकुल रहेको छ । कृषिमा गरेको लगानी लाभदायक रहनेछ । मासु व्यवसाय सामान्य लाभ भएता पनि भने अनुकुल लाभ भने हुनेछैन । पेट्रोलियम पदार्थको व्यवसाय फस्टाउदै जानेछ । स्त्री सुख मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

शत्रुहरुले तपाईंको काममा बाधा पु¥याउन सक्छन्, होस् पु¥याउनुहोला । स्वास्थ्यमा समस्या आउनसक्ने समय छ साथै चोट पटकको समेत डर छ । नयाँ गाडी, घोडा नलिनुहोला समय प्रतिकुल छ । चेलीबेटीसँगको कारोबारमा आएको समस्या हल भएर जाने समय छ । नेटवर्किङ सँगको काममा सचेत भएर अगाडि बढ्नुहोला, फस्ने डर छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफन्तको काममा सहयोग नगरेको नै बेश होला, अनावश्यक कुरामा फस्न सक्ने समय छ । प्रकृतिसँग रमाउँदा रमाउँदै समय ब्यतित हुनेछ । सरकारी कर्मचारीको लागी समय अनुकुल देखिन्छ । न्यास–ध्यानमा समय बित्नेछ । सिसा तथा आल्मुनियमको व्यवसाय फस्टाउदै जाने समय छ । कच्चा पदार्थको व्यवसायमा सोचे अनुकुल समय छैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सरकारी जागिरको तयारी गरिरहेकाहरुका लागी समय उत्तम छ । प्रशासनिक क्षेत्रका कर्मचारीको बढुवा तथा सम्मान मिल्ने समय छ । परिस्थितिवश सानोतिनो समस्याले भने अल्झाउन सक्छ, सोच बिचार गरेर मात्रै अगाडि बढ्नुहोला । नयाँ क्षेत्रमा लगानी नगर्नु नै उत्तम हुनेछ । प्राविधिक काममा लाभ मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रोकिएको काम बन्नुका साथै थप जिम्मेवारी समेत बढ्नेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन समेत आउने समय छ । ध्यानी तथा साधकको लागी आजको दिनमा मनग्य लाभ मिल्नेछ । दुग्धजन्य वस्तुको व्यवसाय फस्टाउँदै जाने समय छ । अध्ययनमा विशेष प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शिक्षक तथा वकिलको लागी समय उत्तम रहेको छ । यौन समस्या आउन सक्ने हुनाले स्वास्थ्यमा बिशेष ख्याल गर्नुहोला । विद्यार्थीको लागी आजको दिन उन्नतिमय हुनेछ । पानीको व्यवसाय फस्टाउने समय छ । क्रिकेट तथा चेस खेलाडिको लागी उपहार प्राप्तिको योग छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ सोचबिचार गरेर अथवा सँगी–सहकर्मीको मद्दत लिएर अगाडि बढ्नुहोला । जीवन साथीलाई कुनै उपहार दिएमा आपसी सम्बन्ध र विश्वासमा प्रगाढता छाउने देखिन्छ । कार्य क्षेत्रका पार्टनरबाट धोका हुन्नसक्छ सचेत रहनु होला । तपाईंको आज शिक्षामा प्रगतिको समय रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पुरात्वतिक वस्तुको अनुसन्धान तथा अन्वेषण गर्ने अवसर मिल्नेछ । साथीभाइबाट अपेक्षित स्नेह, सहयोग र सद्भाव मिल्ने राम्रो दिन छ । पढाइमा लगाव बढाउनुहोस्, सोचेको नतिजा पाउन सकिने छ । संगितकर्मीको लागी समय अनुकुल रहेको छ । वैध्य तथा डाक्टरको लागी आजको दिन अनुकुल रहेको छ तर वकिलको लागी भने खासै उत्तम समय देखिन्न ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय