
२०७८ चैत्र १९ गते शनिबार, ०२ मार्च, चैत्र शुक्लपक्ष प्रतिपदा तिथी । रेवती नक्षत्र, ११ः३४ बजेदेखि अश्विनी । चन्द्रराशी– मीन ११ः३४ पछि मेष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)




बिहानीपखको समयमा खर्चको क्षेत्र बढेता पनि दिनको उत्तरार्धमा भने खर्चको क्षेत्र कम हुनेछ । रिसाएका मित्रहरु तपाईंको काममा केही सान्त्वना दिन आउनेछन् । इन्टरनेट तथा कम्प्युटरको काममा केही सफलअता मिल्नाले मनमा केही हर्ष थपिनेछ । साथीभाइसँग रोमाञ्चक यात्रामा निस्कदा मनमा उमङ्ग थपिने समय छ ।
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
तपाईंको यात्राामा सफलताको लागी सहयोगीको कमी हुनेछैन । दिन–दैनिकीमा आएको समस्या हल हुँदै जानेछ । शत्रुवत व्यवहार गर्नेहरु साथको हात अगाडि बढाउने छन् । छाला रोगले सताउन सक्ने हुनाले स्वास्थ्यको ख्याल गर्नुहोला । दान–मान–सम्मानको समय छ । जग्गा–जमीनको कारोबारमा प्रसस्तै लाभ लिने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
श्रोता दर्शकले तपाईंको प्रस्तुतिको गुणगान गाउने समय छ । फसेको धन प्राप्त गर्ने समय छ । आफन्तको साथ र सहयोग मिल्दै जाने समय छ । तरकारी तथा फलफूलको व्यवसाय फस्टाउने समय छ । सुन तथा गहँुको व्यवसाय फस्टाउने समय छ । प्रेमी जोडीको लागी समय राम्रो छ । घरमा आएका पाहुनाले तपाईंको मन प्रफुल्लित पार्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्टुनको व्यवसाय फस्टाउने समय छ । ठगको फन्दामा पर्नसक्नुहुनेछ सचेत रहनुहोला । पैसाको कारोबारमा सचेत नहुँदा अफ्ठ्यारोमा पर्न सक्नुहुनेछ । काष्ठ तथा फर्निचरको व्यवसाय फस्टाउदै जाने समय छ । कृषिमा गरेको लगानी लाभकारी हुनेछ । शत्रुहरु कमजोर हुँदै जाने समय छ । संचारकर्मीको लागी समय अनुकुल रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तुच्छ व्यवहार गर्ने, तपाईंलाई कमजोर देखाउन खोज्नेहरुबाट टाढै रहनुहोला । कला र गलाको उच्च सम्मान प्राप्ति गर्नुहुनेछ । सन्तानको सुखमा बृद्धि हुँदै जानेछ । ढुङ्गा तथा कंक्रिटको व्यवसाय फस्टाउदै जानेछ । आमाको साथ र सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ । संगीतकर्मीको लागी समय अती नै अनुकुल रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अल्कोहलको व्यवसायमा प्रसस्तै लाभ मिल्ने समय छ । श्रृङ्गारिक वस्तुको व्यवसायमा लाभ मिल्ने समय छ । फुड टेक्निसियनको लागी आजको दिनमा समय अनुकुल रहेको छ । पत्निको सहयोगले तपाईंको कामले पूर्णता प्राप्ति गर्नेछ । बैदेशिक यात्रामा निस्कनेको लागी आजको दिन निकै नै अनुकुल देखिन्छ । गाडी तथा अन्य बिलासिताका बस्तुमा गरेको लगानी लाभदायक रहनेछ । आर्थिक समस्या हल भएर जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गुप्ताङ्गको समस्याले सताउने हुनाले आजको दिनको यात्रा खासै लाभकारी नरहला । फलामको व्यवसाय फस्टाउने समय छ । माइतिको सहयोगले कामहरु सहजै बन्ने समय छ । घरमा सामान चोरी हुनसक्ने हुनाले सचेत रहनुहोला । प्रकृतिको रमाइलोपनमा रमाउँदा रमाउँदै दिन बितेको पत्तो नै हुनेछैन । फूल (पुष्प) को व्यवसाय फस्टाउदै जानेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिनको पुर्वार्धमा समस्या नभएता पनि उत्तरार्धमा भने प्रेमा सम्बन्धमा बैचारिक द्वन्द बढ्दै जाने समय छ । मित–मितको सहयोग गरेको कामले पूर्णता पाउनेछ । छोरा–छोरीको उन्नतिमा रमाइलो गर्दागर्दै दिन व्यतित हुनेछ । मनमा हर्ष भन्दा पनि रिस र त्रास बढी होला । ठोस निर्णय लिन गाह्रो पर्ला । खाद्यान्नको व्यवसाय मध्यमा फलदायी समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शेयर बजारमा गरेको लगानी लाभदायक रहनेछ । शास्त्रीय ज्ञान बढ्दै जाने समय छ । शुभ कार्यमा सहभागी हुने समय छ । मुटुको समस्याले सताउन सक्नेछ । बचाउन नसकेको पैसाले पिडा दिनसक्छ । सिलाई–बुनाइको काममा लाभ लिने समय आएको छ । माछा पालनमा गरेको लगानी लाभदायक रहने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गायन क्षेत्रमा समय खासै उपयुक्त नदेखिएता पनि चलचित्रको क्षेत्रमा भने समय अनुकुल रहेको छ । विद्युतीय उपकरणको काममा गरेको लगानीमा मनग्य लाभ हुनेछ । गाडी–घोडाको व्यवसाय फस्टाउने समय छ । कागज साथै कार्बनको व्यवसाय फस्टाउने छ । अल्कोहलको व्यवसायमा गरेको लगानीबाट सन्तुष्टि नमिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उच्च शिक्षाको पढाइमा तपाईंको अति नै प्रभावकारी रहनेछ । आलस्यता हटेर जानुका साथै नयाँ जोस र जाँगर बढ्दै जानेछ । राजनैतिक क्षेत्रमा प्रभाव बढ्दै जाने समय छ । रङ्गकर्मीको लागी आजको दिनमा लाभकारी समय छ । घरायसी कामले भने पीडा दिइ नै रहनेछ । खाने कुरामा ध्यान नपु¥याउनाले पेटको समस्या आउन सक्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रकृतिसँग रमाउँदा रमाउँदै समय व्यतित भएको पत्तो नै हुनेछैन । प्लास्टिकका सामग्रीमा मनग्य लाभ लिने समय छ । आर्थिक समस्या हल भएर जानेछ । सिसा तथा आल्मुनियमको कारोबारमा होस नपु¥याउनाले ठुलै नोक्सानी बेहोर्नुपर्ने हुनसक्ला । दान गर्नलाई हात अगाडि सर्नेछन् । कुटनैतिक क्षेत्रका काममा तपाईंको भूमिका महत्वपूर्ण रहनेछ ।