About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ चैत
उर्लाबारी नगरपालिका वडा नम्बर ८ ले वडाका ३५ जना विपन्न परिवारका सुत्केरी महिलालाई पोषण सामग्री बितरण गरेको छ । सुत्केरी पोषण कार्यक्रम अन्तर्गत वडाबाट विनियोजित बजेटबाट उक्त सामग्री वितरण गरिएको हो ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी, वडा नम्बर ८ का अध्यक्ष कुलबहादुर कार्कीले उक्त सामग्री बितरण गरे । वडाले निरन्तर ४ वर्षदेखि वडाका विपन्न सुत्केरी महिलालाई पोषण सामग्री बितरण गर्दै आएको महिला सदस्य चन्द्रा डाँगीले बताइन् ।
वडाले मन्सुली चामल २५ केजी, तोरीको तेल २ लिटर, मुसुरो दाल २ केजी, हर्लिक्स आधा केजी, ज्वानो ४ सय ग्राम, मौरीको मह १ केजी लगायतका सामग्री बितरण गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय