
उर्लाबारी, १८ चैत
मोरङको उर्लाबारी वडा नं. ७ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । आम्बारी रोड पूर्व दाताबाट प्राप्त जग्गामा निर्माण हुने भवनको विहिबार नगर प्रमुख खड्ग फागो र वडाध्यक्ष वीरबल थापाले शिलान्यास गरेका हुन् ।
उक्त वडा कार्यालय भवन बनाउनका लागि १ करोड ७ लाख ९९ हजारमा ठेक्का लागेको हो । दुई तले भवन निर्माणका लागि आगामी पुससम्मको समयावधि तोकिएको छ । वडाको भवन निर्माणका लागि स्थानीय समाजसेवी महेन्द्र कार्कीले तीन कठ्ठा जग्गामा प्रदान गरेका हुन् । शिलान्यास कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय समाजसेवी, जग्गादातालगायतको उपस्थिति रहेको थियो ।



