
काठमाडौं, १८ चैत
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिसको मापदण्ड तय गरेको छ । उम्मेद्वार सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको माओवादीले पहिलेका प्रतिनिधिलाई सकभर नदोहोर्याउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार जारी गरेको सर्कुलरमा यस्ता छन् मापदण्डः
१. विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्याउने
२. देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने




३. स्वच्छ छवि भएको हुनुपर्ने
४. विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
५. पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने
६. समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने