About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,इटहरी वडा नम्वर १७ मा जननेता मदन भण्डारीको पूर्णकदको सालिग सहित मदन वाटिका उदघाटन गरिएको छ । इटहरी उपमहानगरपालिकाले निर्माण गरेकोपूर्ण कदको सालिग सहितको वाटिका पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गर्नुभयो । उहाँले समकालिन नेपाली राजनीतिका सवैभन्दा उच्च राजनेता मदन भण्डारीको सालिग निर्माण गरेर इटहरी उपमहानगरपालिकाले प्रशंशनीय कार्य गरेको वताउनुभयो । प्रदेश सांसद लिलम वस्नेतले मदन वाटिका निर्माण सँगै यो क्षेत्रमा वाटोघाटो लगायत विकासका अन्य क्षेत्रमा ध्यान दिन जरुरी रहेको वताउनुभयो । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले देशका लागि महत्वपूर्ण योगदान पुरयाउने राजनेताहरुको सम्झनामा सालिग निर्माण गरिएको वताउनुभयो । उपप्रमुख लक्ष्मी गौतमले विसनपुरको सो क्षेत्रलाई इटहरीकै दोश्रो तालतलैयाका रुपमा विकास गर्न सकिने वताउनुभयो । कार्यक्रममा इटहरी १७ का वडाध्यक्ष भगवानलाल साहु,पदम संजेल,गोविन कुँवर लगायत वोल्नुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय