
२०७८ चैत्र १७ गते, विहिबार, ३१ मार्च २०२२ । चैत्र कृष्णपक्ष चतुर्दशी तिथी । पूर्वाभाद्रपदा नक्षत्र, १०ः४५ बजेदेखि उत्तरभाद्रपदा । चन्द्रराशी– मीन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्चका क्षेत्रहरु बढेर जानेछन्, आम्दानीका क्षेत्रमा ब्रेक लाग्न सक्नेछ । तपाईंको मनको हर्ष र उमंगलाई खोस्न शत्रु लागी पर्न सक्नेछन् । आजको दिनमा ठूलो लगानी नगरेकै राम्रो हुनेछ । नयाँ क्षेत्रमा लगानी नगरेकै उत्तम होला । इज्जत मान–सम्मानमा आँच आउन सक्नेछ । बन्न लागेको काममा अबरोध आउनसक्ने हुनाले आफ्न कुराहरु अनावश्यक प्रचार नगर्नुहोला ।




बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लामो समयदेखि फसेको धन उठ्ने समय छ । फर्जी कामको समस्याबाट भने बच्नु नै बुद्धिमत्ता हुनेछ । छिमेकीको साथ र सहयोग रहेता पनि काममा असहजता छाउन सक्नेछ । रङ्गकर्मीको लागि आजको दिनमा मनमा उमङ्ग थपिन सक्नेछ । काकाको साथ र सहयोगले तपाईंको गन्तव्यमा पुग्न सहयोगी भूमिका निर्वाह हुनेछ । स्त्रीको सुख मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा गरेको मेहनतको सकारात्मक फल प्राप्त गर्नुहुनेछ । कुटनैतिक क्षेत्रको काममा बढुवा हुने समय छ । नैतिकताको विषयमा प्रश्न उठ्न सक्नेछ । सवारी साधनमा गरेको यात्रामा जोखिम उठाउनुपर्ने हुन सक्नेछ । कपडाको व्यवसाय फस्टाएर जानेछ । वैदेशिक क्षेत्रका मान्छेहरुसँगको सामिप्यतामा समय व्यतित हुनेछ । रत्न व्यवसायमा लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आय–आर्जनका क्षेत्रमा आय थपिनेछ । धार्मिक व्यक्तिहरुसँग बसेर आर्थिक मितव्यतिताको विषयमा बहस हुनेछ । शिष्टाचार व्यक्तिहरुसँग सामिप्यता बढेर जानेछ । मिठाइको व्यवसायमा बृद्धि भएर जानेछ । जलीय वस्तु तथा सेवाबाट आय–आर्जन बृद्धि भएर जानेछ । शत्रुहरु कमजोर हुने समय छ । मान्यजनको हातबाट आशीर्वाद लिन पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक कुरामा समय व्यतित गर्नुपर्ने समय छ । इन्टरनेटको काममा अपजस खेप्नुपर्ने हुनसक्छ । पेण्टरको लागि आजको दिन अनुकूल रहेको छ । घरायसी झमेलामा फस्न सक्नुहुनेछ । रुद्राक्षको व्यवसायमा सोचे अनुकूल फाइदा नहुँदा मन खिन्न हुन सक्नेछ । आफन्तको साथ फलामको चिउरा साबित हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शक्ति प्रदर्शन गर्नको लागि आजको दिन अनुकूल रहेको छ । वैवाहिक जोडीको लागि यात्रामा समय सफलता मिल्नेछ । शिक्षक–वकिल तथा धर्म गुरुहरुको लागि समय अनुकूल नै देखिन्छ । होटल व्यवसाय फस्टाउने समय छ । छातीको समस्याले सताउन सक्नेछ । रत्नको व्यवसायमा सोचे अनुकूल फाइदा नहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिनदुःखीलाई सेवा गरेर समय व्यतित हुनेछ । तपाईंको प्रसंसा गर्नेहरु नै आज तपाईंको नैतिकताको प्रश्न गर्न पछि नपर्लान् । मानसिक तानवले गर्दा गर्दै गरेको काममा ढिलासुस्ती हुनसक्नेछ । अनावश्यक द्वन्दमा नपरेको नै बेस हुनेछ । ठोस वस्तुको व्यवसायमा सोचे अनुकूल लाभ हुन गाह्रै पर्ला । परीक्षार्थीको लागि आजको दिन निकै नै कष्टकर रहला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम सम्बन्धमा मधुरता छाउनेछ । छोटो दुरीको रमाइलो यात्रामा सरिक भइएला । गुरु–पुरोहितको लागि आजको दिन निकै नै अनुकूल रहेको छ । ऋणमा गरेको लगानीले साथ दिने समय छ । व्युटीसियनको लागि समय उत्तम रहेको छ । चौपायको सेवामा दिन रमाइलो गरी बित्नेछ । सूचना र प्रविधिको काममा नाम र दामको इनाम मिल्ने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जोशमा भन्दा पनि होसमा गरेको कामले सार्थकता पाउने समय छ । रबरको व्यवसायमा फाइदा हुने समय छ । सामुद्रिक क्षेत्रको यात्रा कष्टकर हुनाले सजगता अपनाउनु होला । आल्मुनियमको व्यवसायबाट प्रसस्तै लाभ लिने समय छ । मौरी पालनमा गरेको लगानी लाभादायक रहने समय छ । विद्युतीय उपकरणको काममा गरेको लगानीमा मनग्य लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बन्धु–बान्धव, आफन्त तथा साथीभाइको साथ र सहयोगबाट प्रसस्तै काम हुने समय छ । कुरा काट्नेहरु नै सहयोगी बनेर आउनेछन् । परीक्षार्थीको लागि आजको दिन प्रफुल्लित हुनेछ । मनमा उमङ्ग छाउने समय छ । आजको दिनमा गरेको यात्रामा भने मध्यमा फलदायी समय छ । तपाईंको आज फर्निचरको व्यवसाय फस्टाएर जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अनावश्यक वस्तुमा खर्च हुनसक्ने हुनाले खर्च गर्दा ध्यान पु¥याउनु होला । अनैतिक काममा मन जान सक्नेछ, सचेत भएर अगाडि बढ्नु नै बुद्धिमत्ता हुनेछ । नशाको समस्याले सताउन सक्नेछ, स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । तपाईंको चर्चा गर्नेहरु नै कुरा काट्न सक्नेछन् । जुत्ता तथा कपडा व्यवसायमा मध्यम फलदायी समय रहेको छ । सूचनाको काममा महत्वपूर्ण भूमिका तपाईंको हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शारीरिक रुपमा आलश्यता बृद्धि भएर जानेछ । होटल लाइनमा गरेको बौद्धिक लगानी भरपुर प्रभावकारी हुनेछ । वन्यजन्तुसँग रमाइलो गर्दागर्दै समय व्यतित हुनेछ । साथीभाइलाई भने पूर्ण रुपमा विश्वास नगर्नुहोला, फस्न सक्नुहुनेछ । दुग्धजन्य परिकारको व्यापार फाब्ने छ । मुद्धाको विषयमा तपाईंलाई फसाउन सक्नेछन् । तामाको व्यवसायमा लाभ हुनेछ ।