
उर्लाबारी, १६ चैत
मोरङको उर्लाबारीस्थित सप्तकोशी अंग्रेजी माध्यमिक विद्यालयले वार्षिक खेलकुद कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । प्राइमरी ब्लक र सेकेण्डरी ब्लकमा छुट्टाछुट्टै कार्यक्रम गरी पुरस्कार वितरण गरेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिश्र वैजयन्तीले जानकारी दिनुभयो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) उर्लाबारी नगर अध्यक्ष दिनेश पोख्रेलको प्रमुख आतिथ्यतामा प्राइमरी ब्लकका आयोजित पुरस्कार वितरण कार्यक्रममा नर्सरीदेखि कक्षा ३ सम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरियो । यस्तै, कोव्याप्स संयुक्त क्लष्टर उर्लाबारी पथरीका अध्यक्ष टीकाप्रसाद दंगालको प्रमुख आतिथ्यतामा सेकेण्डरी ब्लकमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई पुरस्कार बाँडिएको हो ।
विद्यालयले गत फागुन अन्तिम साता सप्ताहव्यापी वार्षिक खेलकुद आयोजना गरेको थियो । नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थी सहभागी भएको खेलकुद कार्यक्रममा २२ किसिमका खेल खेलाइएको अध्यक्ष मिश्र वैजयन्तीले बताउनुभयो । २२ वटै किसिमका खेलमा प्रथम र दोस्रो हुनेलाई कार्यक्रमका प्रमुख अतिथिसहित विद्यालयका संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराई, अध्यक्ष मिश्र वैजयन्तीलगायतले पुरस्कार वितरण गर्नुभयो । विभिन्न विधामा ४५० वटा मेडल र त्यतिनै संख्यामा प्रमाणपत्र वितरण गरिएको विद्यालयले जनाएको छ ।
खेलकुद सप्ताहमा भलिबल, क्रिकेट, फुटसल, डोरी तान्ने, म्युजिकल चेयर्स, म्याथ दौड, विभिन्न दौड प्रतियोगिता, कवड्डी, खोखोलगायतका खेल खेलाइएको थियो । विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापले सहयोग पु¥याउने भएकोले विद्यालयले वर्षेनि खेलकुद सप्ताह आयोजना गर्ने गरेको प्रिन्सिपल लेखनाथ भट्टराईले बताउनुभयो । उक्त विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म १ हजार विद्यार्थी अध्ययनरत छन् ।



