About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

२०७८ चैत्र १६ गते, बुधबार, ३० मार्च २०२२ । चैत्र कृष्णपक्ष त्रयोदशी तिथि । शतभिषा नक्षत्र, १०ः४५ बजेदेखि पूर्वाभाद्रपदा । चन्द्रराशी– कुम्भ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

चलचित्रमा गरेको लगानी लाभदायक रहनेछ । बाल्यकालको साथी भेट्नाले मनमा हर्ष छाउनेछ । वादविवाद प्रतियोगितामा भाग लिनाले सम्मान मिल्नेछ । लडाईं–झगडाबाट भने टाढै रहनु उत्तम हुनेछ । शेयर बजारमा गरेको लगानी लाभदायक रहनेछ । राजनैतिक क्षेत्रमा समय ब्यतीत भएको पत्तो नै हुने छैन । पत्रकारको लागि आजको दिन उत्तम समय छ । तरकारी तथा फलफूलको व्यवसाय बृद्धि भएर जानेछ ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पद र प्रतिष्ठा बृद्धि भएर जानेछ । सामाजिक काममा आएको अल्झन हटेर जानेछ । नयाँ क्षेत्रको लामो दुरीको यात्राले मन फुरुङ हुनेछ । नयाँ–नयाँ कामको सुरुवातीको समय आएको छ । आफन्तबाट भने बचेर काम गर्नु पर्नेछ । कच्चा पदार्थमा गरेको लगानी लाभकारी हुनेछ । राजनैतिक क्षेत्रमा पद र कद थपिएर जाने समय छ । शत्रु तपाईंको प्रगति देखेर डराउने समय छ । पति–पत्नी बिचको सम्बन्धमा मधुरता छाउने समय देखिन्छ । विद्यार्थीको लागी भने समय मध्यमा फलदायी रहेको छ । प्रकृतिसँग रमाउँदा रमाउँदै दिन बित्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पत्रकारको लागि समय अनुकूल देखिन्छ । जन–धनको बृद्धि र साथ सहयोग रहने समय छ । धार्मिक गुरुहरुबाट आशीर्वाद पाउने समय छ । नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ । खोज अन्वेषणमा समय खर्च हुनेछ । कष्ठ तथा फर्निचरको व्यवसाय फस्टाउँदै जाने समय छ । गुप्ताङको समस्याले पिरोल्न सक्ने छ । यात्रामा आएको थकानले गन्तव्यमा पुग्न केही चुनौतिको सामना पनि गर्नुपर्ने हुनसक्ला । माताको सुखमा कमी आउन सक्नेछ । नसोचेको ठाउँबाट सम्मान मिल्ने समय छ आज । कपडाको व्यवसाय फस्टाएर जानेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफ्नै भनिएकाहरुबाट धोका हुनाले कामहरु अधुरै रहन सक्नेछन् । इन्टरनेटसँग सम्बन्धित व्यवसायहरु फस्टाएर जाने समय छ । कष्टकर यात्रामा सामेल हुनु पर्नेछ । गुप्ताङमा आएको समस्या केही मथ्थर भएता पनि पूर्णरुपमा समस्या समाधान नहुनाले मनमा चिन्ता बढी नै रहला । तरल पदार्थको व्यवसाय मध्यमा फलदायी रहनेछ । दुर–दराजको समस्या नजिक आएर तनाव दिनसक्छ, सजग रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बैकिङ कारोबारमा लाभ मिल्ने समय छ । पुस्तकालयको काममा समय व्यतित हुनेछ । अकल्पनीय यात्रामा सरिक हुनुपर्ने हुनसक्छ आजको दिनमा तपाईंले । ईम्पोर्ट–एस्पोर्टको व्यवसाय फस्टाउँदै जाने समय छ । कृषिमा लाभ मिल्ने समय छ । पति–पत्नी बिचको प्रेममा मधुरता छाउनेछ । तामाको व्यवसायमा लाभदायक समय छ । फलामको व्यवसायमा सामान्य लाभ मिल्ला । सात्विकी भोजनले पेटमा हुने समस्या आउन दिनेछैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सिर्जनात्मक काममा मन गएता पनि कामले पूर्णता नपाउनले मनमा खिन्नता छाउने समय छ । प्रेमि–प्रेमीका बिचमा मन–मुटाव बढेर जानेछ । सिलाई–बुनाइको व्यवसाय फस्टाएर जाने समय छ । पाठक वर्गको लागी मनमा उमङ्ग छाउनेछ । स्वास्थ्यमा भएका समस्याहरु बिस्तारै हल हुँदै जाने समय छ । आमाको स्वास्थ्यमा समस्या आउन सक्ला । आफ्नै स्टाफबाट विश्वासघात हुन सक्ने हुनाले सजग रहनुहोला । खानपिनमा भने बिशेष ख्याल राख्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कच्चा पदार्थको व्यवसाय सोचे अनुकूल नहुँदा मनमा केही खिन्नता छाउन सक्ला । सरकारी कर्मचारीको लागि समय अनुकूल नै देखिन्छ । शरीरमा आएका समस्याहरु हल हुनाले स्फुर्ति बढेर जानेछ । धार्मिक कार्यमा नै समय व्यतित हुनेछ । यात्रीको लागि आजको दिन लाभकारी नै रहनेछ । परिवारसँग रमाइलो गर्दागर्दै दिन जानेछ । सन्तान प्राप्तिको योग रहेको छ । मुर्तिकारको लागि आजको दिनमा प्रसस्तै लाभ हुने देखिन्छ । तेलजन्य व्यवसाय फस्टाउँदै जाने समय देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

इन्जिनियरको लागी समय अनुकूल भएर आएको छ आज । रङ्गकर्मीलाई मनमा उत्साह जाग्ने समय देखिन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । उद्योग र व्यापारमा विशेष लाभ हुने देखिन्छ । स्वास्थ्य समस्या केही निर्मुल हुँदै जानेछ । मेहनत गरेमा दिगो काममा जग बसाउन सक्ने समय छ । अपरिचित व्यक्तिले साथ दिएता पनि आफ्न नजिकका मान्छेहरुसँग भने सजग रहनु होला । दायित्व र जिम्मेवारी बढी रहने समय छ आज ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आकांक्षाले पूर्णता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने दिन देखिन्छ । बाल–बच्चासँगको समय रमाइलो गरी बित्नेछ । मध्यस्तकर्ताको भूमिकामा आफूलाई उभ्याउनुपर्ने समय छ । मेडिकल लाइनमा लागेका व्यक्तिहरुको लागि आजको दिन मध्यमा फलदायी रहनेछ । स्त्रीबाट धोका हुनसक्छ सजग र जागरुक रहनुहोला । तिर्थको यात्रामा रमाइलो हुनेछ । बन्धनबाट मुक्ति पाई नयाँ जीवनको अनुभुति हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफूसँग भएको धनको उचित लगानीले गर्दा मनमा हर्ष छाउनेछ । पुराना सामग्रीको प्रयोजनमा नयाँ पन थपिनेछ । लेखकको लागी आजको दिन रमाइलो छ । वाकयुद्धबाट भने टाढै रहनुहोला । विद्यार्थीको लागि समय अनुकुल नै देखिन्छ । राजनीतिमा आजको दिन प्रतिस्पर्धामा आफू अनुकुल समय नहुनाले सजग रहनुहोला । सुनको व्यवसाय फस्टाएर जाने समय छ । श्रृङ्गार सामग्रीको व्यवसायमा लाभ मिल्ने समय छ । वास्तुविदको लागी समय अनुकुल रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

उर्जा क्षेत्रमा गरेको लगानी केही लाभदायक रहेता पनि अनावश्यक तनवले मनको उमङ्ग हराएर जानेछ । मिष्ठान्न भोजनमा भाग लिएता पनि शारीरिक अस्वस्थताले पिरोल्न सक्नेछ । इलेक्ट्रोनिक्स सामानको व्यवसाय गर्नुहोस्, प्रसस्तै लाभ लिनुहुनेछ । इन्धनको क्षेत्रको लगानी उर्जाशिल हुनेछ । तपाईंको खुम्चिएको मन आजको दिनमा फराकिलो भएर जानेछ । जग्गा–जमिनको व्यवसाय फस्टाउदै जानेछ । सकभर मुद्धाबाट टाढै रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानीको तुलनामा खर्चको क्षेत्रहरु बृद्धि भएर जानेछ । पशु–चौपाय लगायत कृषिमा गरेको लगानीबाट लाभ लिने समय छ । पानी र चिसोबाट भने बचेर काम गर्नुहोला । बैंक तथा वित्तीय क्षेत्रको लगानी खासै लाभकारी नहुनाले नयाँ लगानीको लागी मन खुम्चिन सक्नेछ । खोकी तथा कफको समस्याबाट भने बच्नुहोला । यात्रामा अबरोध आउने हुनाले सजग रहनु होला । साना उद्योगीको लागी भने समय उत्तम देखिन्छ । जमिनको लगानी लाभकारी रहनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय