About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ चैत
उर्लाबारीका व्यवसायी विनोद न्यौपानेले आफ्ना आमाबुवाका नाममा स्थापना गरेको कोषमार्फत आज एक कार्यक्रम गरी छात्रवृत्ति वितरण गरिएको छ ।
दमक–१० स्थित सिंहदेवी माध्यमिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई वर्षेनी छात्रवृत्ति प्रदान गरिदै आएको छ । खगेन्द्रप्रसाद पद्म रत्न न्यौपाने छात्रवृत्ति कोषले एक दशकदेखि वितरण गर्दै आएको छात्रवृत्तिलाई यो वर्ष पनि निरन्तरता दिएको हो ।
आर्थिक स्थिति कमजोर भएका कारण विद्यालय जानबाट वञ्चित भएका बालबालिकाहरूलाई विद्यालयमा नियमित उपस्थिति गराउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको हो । सो विद्यालयका जेहेन्दार १४ जना विद्यार्थीलाई छात्रबृति प्रदान गरिएको हो । कार्यक्रममा छात्रवृति कोषका संरक्षक खगेन्द्रप्रसाद न्यौपाने, कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद् अर्जुन राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधराज न्यौपाने, पूर्व अध्यक्ष अम्बिका खनाल, कोषदाता विनोद न्यौपानेलगायतले विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय