About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २५ असार
नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए । उनले सञ्चारकर्मीसँग भने, आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।
सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उनले जानकारी दिए । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन उनले आग्रह गरेका छन् । माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि लगभग सहमतिमा पुगेको बताए । एकाध विषयहरु भोलि टुंग्याउने उनको भनाइ छ । एकाध विषयमा छलफल बाँकी छ, भोलि सम्पूर्ण हिसाबले निस्कर्षमा पुग्छौ‌‌, उनले भने, समयको अभावले एकाध विषय बाँकी रहेको हो । अरु सबैमा सहमतिमा पुगेका हौं । हामी सम्पूर्ण हिसाबले पार्टीलाई एकतावद्ध गर्छौं । नेपालप्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय