About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ चैत
उर्लाबारीमा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य व्यक्तिको संख्या ४४ हजार २७२ रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार गत स्थानीय तह निर्वाचनभन्दा यस पटक ९ हजार ९८४ मतदाता थपिएका हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा उर्लाबारीमा ३४ हजार २८८ जना मतदाता रहेका थिए ।
निर्वाचन आयोगका अनुसार उर्लाबारीका ९ वडा मध्ये सबैभन्दा धेरै वडा नं. ७ मा ६ हजार ४२ जना मतदाता छन् भने सबैभन्दा कम वडा नं. ५ मा २ हजार ८८३ जना मतदाता रहेका छन् । यस्तै, वडा नं. १ मा ५ हजार १७४, वडा नं. २ मा ५ हजार ५५६, वडा नं. ३ मा ४ हजार ४६५, वडा नं. ४ मा ५ हजार ९३९, वडा नंं ६ मा ३ हजार २६०, वडा नं. ८ मा ५ हजार ५५२ र वडा नं. ९ मा ५ हजार ४०१ जना मतदाता रहेका छन् ।
निर्वाचन प्रयोजनका लागि उर्लाबारीमा १८ मतदान स्थल र ५१ मतदान केन्द्र तोकिएको छ । वडा नं. १ को लक्ष्मी आधारभुत विद्यालय, बालज्योति आधारभुत विद्यालय र शारदा माध्यमिक विद्यालय, वडा नं. २ को शान्ति आधारभुत विद्यालय, सुनपकुवा मावि, सुनझोडा मावि, वडा नं. ३ को मदन भण्डारी स्मृति प्रतिष्ठान, वडा नं. ४ को उर्लाबारी बहुमुखी क्याम्पस पश्चिमतर्फको भवन र पूर्वतर्फको भवनलाई मतदान स्थल कायम गरिएको छ ।
यस्तै, वडा नं. ५ को मदन भण्डारी कृषि क्याम्पस, वडा नं. ६ को राधिका मावि, वडा नं. ७ को राधिका मावि स्कुलडाँडा, वडा नं. ८ को अरनिको मावि, बहादुर बाबा चौधरी आवि र शान्तिक्षेत्र आवि, वडा नं. ९ को प्रभात आवि, महाराजा आवि र राजघाट आविलाई मतदान स्थल तोकिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय