
काठमाडौं, १५ चैत
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णयमात्र गरेको महतले बताए । ‘स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहको दलहरुसँग दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्छ’ उनले भने ।



