About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,सात दिनको तालिमवाट सुन्दर जडिमाला वनाउन सिकेका इटहरी उपमहानगरपालिका वडा नम्वर १० का महिला उत्साहित वनेका छन ।इटहरी उपमहानगरपालिकाको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत इटहरी १० का २० जना महिलालाई विवाह लगायतका शुभकार्यमा प्रयोग हुने जडिमाला वनाउने तालिम दिइएको हो । सिकेको शीपलाई प्रयोग गरेर अव ब्यवसायिक वन्ने इटहरी १० की शारदा ढकालले वताउनुभयो । वजारमा जडिमालाको माग उच्च भएकाले तालिममा सहभागिहरु ब्यवसायिक वन्ने उपमेयर लक्ष्मी गौतमको भनाई छ । यसभन्दा अगाडी वडा नम्वर ४ मा यस्तै तालिम लिएका महिला अहिले प्रशिक्षक वनेर अन्य पालिकाहरुमा तालिम दिन जान थालेको उहाँले सुनाउनुभयो ।इटहरी १० मा जुली ताम्राकारले तालिम दिनुभएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय