About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

२०७८ चैत्र १५ गते, मङ्गलबार, २९ मार्च २०२२ । चैत्र कृष्णपक्ष द्वादशी तिथी । धनिष्ठा नक्षत्र, ११ः४६ बजेदेखि धनिष्ठा । चन्द्रराशी– कुम्भ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शक्तिको आडमा गरिएको कामले पूर्णता पाउनेछ । आफन्त तथा मान्यजनको साथ–सहयोगमा गरिएको कामले पूर्णता छाउनेछ । बुद्धि पुर्याएर काम गर्न खोजेमा पछि पर्नुपर्ने समय छ, सल्लाहकार गलत पर्नाले सर्वनाश हुनसक्नेछ । काष्ठ कलाको क्षेत्रमा लाभ मिल्ने समय देखिन्छ । लुगा तथा जुत्ताको व्यवसाय फष्टाएर जानेछ । स्त्री सुख मिल्ने छ । विद्युतीय क्षेत्रमा गरेको कामको प्रसंशा बटुल्दै दिन व्यतीत हुनेछ । छिमेकीको साथ र सहयोग मिल्ने समय छ । पशुपंक्षी व्यवसायबाट लाभ मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सामाजिक क्षेत्रमा मन जानुका साथै कामको सकारात्मक परिणामले गर्दा मनमा उमङ्ग छाउने समय देखिन्छ । रोजगारीमा नयाँ आयाम थपिने समय छ । घरमा माङ्गलिक कार्य हुने समय छ । दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने समय आएको छ, योजना भने गोप्य नै राख्नुहोला । सरकारी काममा आएको अल्झन हटेर जाने समय आएको छ । बैदेशिक क्षेत्रको यात्रामा लाभ मिल्नेछ । मान–सम्मानमा बृद्धि भएर जाने समय छ । पौडी तथा भलिबल खेलाडीको लागि समय उत्तम छ । कर्जामा आएको समस्या हल भएर जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

तिर्थ यात्रामा समय बितेको पत्तो नभई दिन व्यतित हुनेछ । प्रकृतिसँगको समिप्यतामा मनमा उमंग छाउनेछ । दाल, गहँु तथा सुनको व्यवसाय फष्टाएर जानेछ । गुरुको साथ र सहयोगले बन्न नसकेका कामहरु सहजै बन्ने समय आएको देखिन्छ । प्रशासनिक क्षेत्रमा गरिएका कामहरुले सार्थकता पाउन गाहै्र पर्ला । धर्म राजनीतिले लाभ दिने समय छ । गुरु मन्त्र लिनको लागि समय अनुकूल रहेको छ । वैदेशिक क्षेत्रको व्यवसाय फस्टाउदै जाने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

अपूर्ण ज्ञानले गरिएको काम हुनाले कामले पूर्णता पाउन गाह्रो पर्दै जानेछ । साथ दिन्छु भन्नेहरुबाट नै धोका मिल्न सक्ने समय हुनाले सजग रहनुहोला । सकेसम्म आजको दिनमा यात्रा नगरेको नै उत्तम हुनेछ । यदि गर्नै पर्ने भएमा पनि सचेत र सजग भएर मात्रै यात्रा गर्नुहोला । कल्पनासम्म पनि नगरेको बिषयले आफ्नो जीवनमा प्रवेश पाउनले चकित हुनुहुनेछ । फोटोग्राफरको लागि समय अनुकूल देखिन्छ । पंक्षीको आवाजमा रमाउन मन लाग्नेछ । शैक्षिक स्तरमा गिरावट आउन सक्नेछ, मेहनत अनुकूल परिणाम नआउँदा मनमा खिन्नता आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि राम्रो छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । प्रेमी, पत्नि तथा उत्तराधिकारीबाट साथ र सहयोगको संकेत देखा पर्नेछ । ठूलो पदमा पुगेका मान्छेको सहयोग हुनाले कामहरु सहजै बन्नेछन् । तामा–पित्तलको व्यवसायमा बिशेष लाभ मिल्ने समय आएको छ । हिंश्रक जनावरबाट भने बच्नुहोला । तपाईंको स्वरको चौतर्फी प्रसंसा गर्नेहरुको बृद्धि भएर जानेछ । मुटुको समस्या आउन सक्ने हुनाले स्वास्थ्यमा विषेश ख्याल राख्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

तपाईंका शत्रुबाट नै तपाईंको जीवन रक्षा हुने समय छ आज । सरकारी कर्मचारीको लागि आजको दिन लाभकारी देखिन्छ । पुराना सामानहरु पन्छाएर नयाँ सामानहरु थप्दै जानुहुनेछ । सुचना अधिकारीको लागि भने मालामाल हुने समय देखियो । जग्गा–जमिनको कारोबार नगरेको नै उत्तम हुनेछ, घाटामा कारोबार हुन सक्नेछ । स्वास्थ्यमा केही सुधारका संकेतहरु आउनेछन् । कच्चा पदार्थको व्यवसायमा लाभ मिल्दै जाने समय छ । चेलीबेटीको स्वास्थ्य बिग्रनाले तपाईंको पिर–चिन्ताको क्षेत्र बढेर जानेछ । रबरको व्यवसाय फष्टाएर जानेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बहुमुल्य रत्न तथा हिराको व्यवसाय फास्टाएर जानेछ । विद्यार्थीको लागि समय अनुकूल भएर आएको छ, परीक्षार्थीको लागि पनि समय लाभदायक नै छ । शारीरिक समस्याहरु हल भएर जानेछन् । नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ । रुची अनुकूलको काममा केही असन्तुष्टि भएता पनि मनमा हर्ष बढेर जानेछ । पारिवारिक समस्याहरु हल भएर जाने समय आएको देखिन्छ । सन्तानको प्रगतिमा मन हर्षित हुने समय छ । फलफूलको व्यवसायमा खासै लाभकारी नरहला । सौन्दर्यका सामग्रीको व्यवसाय फष्टाउने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

माताको स्वास्थ्यमा समस्या आउनले चैनको बसाइ नहोला । घरमा मन नपर्ने पाहुनाजनको प्रवेशले घरमा बस्न मन नहुन सक्छ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नु हुन सक्नेछ । गलत साथीको संगतले गर्दा गलत निर्णयको भागिदार बन्नुपर्ने हुन सक्छ । होटल तथा रेस्टुरेन्टबाट मनग्य लाभ मिल्नेछ । ढाड तथा कम्मरको समस्या आउन सक्नेछ । मनको हठ र कुण्ठामा भुलिने समय छ । उच्च तहको कर्मचारी तथा सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पराक्रम बृद्धि भएर जाने समय छ, दाजु–भाइ मिलेर गरेको कामले सार्थकता पाउनुका साथै बन्न नसकेका कामहरु पनि सहज हुनेछन् । प्रतिष्ठित पदमा बसेर काम गर्न पाउनाले मनमा उमङ्ग थपिनेछ । रुद्राक्ष, धार्मिक पुस्तक तथा पूजा पसलको काममा विशेष लाभ मिल्नेछ । वकिल तथा इन्जिनियरको लागि समय अनुकूल नै देखिन्छ । अकल्पनीय क्षेत्रबाट धन प्राप्तिको समय छ । आफूलाई सहज हुने कुरा पहिल्याई कार्य गर्नसके मनमा तनाव हुनेछैन । पुरस्कारको भागिदार बन्ने समय आएको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अप्रत्यासित अनोपेक्षित धन लाभको समय रहेको छ । गरिरहेको कामले निरन्तरता पाउने समय छ । दुग्धजन्य व्यवसाय फष्टाएर जाने समय आएको छ । दुरदराजको काममा पनि आजको दिनमा सहजै बन्ने समय देखिन्छ । शत्रुहरुले काममा केही अबरोध पुर्याउन सक्नेछन् । तपाईंले गरेको गरेको कामको सर्वत्र प्रशंसा हुनेछ । घाँटी तथा मुखको समस्या रहन सक्नेछ । रत्नादी लाभको समय रहेको छ । खेल क्षेत्रमा नयाँ आयाम थप्ने र कृति बटुल्ने समय आएको छ । लेखन क्षेत्रमा प्रसंसा बढेर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मनमा आएका अनगिन्ती सोचहरुले पीडा दिन सक्नेछ । धार्मिक कार्यमा सरिक भएता पनि मनमा उमङ्गको भने कमी नै हुनेछ । पछाडि कुरा काट्नेहरुको संख्या ह्वात्तै बढेर जानेछ । कंक्रिटको व्यवसायले तपाईँलाई नयाँ कदमा पुर्याउन मद्दत मिल्नेछ । टाउकोको समस्या देखा पर्न सक्नेछ । मान्यजनको आशीर्वाद मिल्ने समय छ । मुद्दामामिलामा लाभ उठाउन निकै गाह्रो पर्नेछ । फिल्मी क्षेत्रमा गरेको लगानी लाभदायक रहनेछ । खेललाई निरन्तरता दिएको खण्डमा तपाईंको नामले उचाइ चुम्न सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

तेलजन्य व्यवसायमा लाभ रहने समय रहेको छ । वैज्ञानिक तथा वकिलको लागि समय अनुकूल रहेको छ । कृषिमा गरेको लगानीबाट लाभ मिल्नेछ । नयाँ खोज तथा अनुसन्धानमा सरिक हुनु पर्नेछ । ज्योतिषीको लागि सम्मानको समय रहेको छ । रेडियोकर्मीको लागि समय उत्तम छ । देव्रे छातीको समस्याले सताउन सक्नेछ भने कानको समस्या हल भएर जाने समय आएको छ । चिसोको समस्या भने यथावत नै रहेको देखिन्छ । धार्मिक क्षेत्रमा सम्मान मिल्ने समय देखिन्छ । फर्निसिङ व्यवसायमा भने मध्यमा फलदायी छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय