About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १४ चैत
नेपाली काँग्रेसका दुई महामन्त्री स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने विषयमा दुई धु्रवमा विभाजित भएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा गठबन्धनको पक्ष र विपक्षमा उभिएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्दै महामन्त्रीद्वय आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न हुने र नहुने पक्षमा उभिएका हुन् ।
महामन्त्री गगन थापाले गठबन्धन गर्न नहुने बताएका छन् भने अर्को महामन्त्री शर्मा गठबन्धनको पक्षमा देखिएका छन् । शर्माले आवश्यकता अनुसार गठबन्धन गरेर जानु उपयुक्त हुने बताएका छन् । उनले भने, ‘कुनै ठाउँमा एमाले हामीभन्दा ७ हजारले अगाडि छ । अहिले हामीले भोट घटाएर ३ हजारले हार्नुभन्दा ४ हजार मत भएको माओवादीलाई मिलाउँदा फाइदा हुन्छ । गठबन्धन गर्न हुँदैन भन्ने होइन ।’
तर महामन्त्री थापाले गठबन्धन गर्न नहुने बताएका छन् । उनले भने, ‘कम्युनिस्टबाट लोकतन्त्र खतरामा छ भनेर हामीले पटक पटक भनेका छौँ । कम्युनिस्टहरूलाई मिल्न नदिन गठबन्धन गरेर जाँदा लोकतन्त्रमाथि खतरा हुँदैन भनेर जाने हो ?’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय