
मधेश प्रदेशमा एमाले प्रतिको आकर्षण वढेको छ । महोत्तरीमा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षसहित एक दर्जन जनप्रतिनिधिलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट पुगेर महात्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेख फारुख र जलेश्वर नगरपालिकाकाकी उपप्रमुख मनचुन देवी नेकपा एमाले प्रवेश गर्नुभयो । उहाँ लोसपा परित्याग गरि एमाले प्रवेश गर्नुभएको हो । यसैगरि महारामगोपालपुर ३ का वडाध्यक्ष जनयनारायण मण्डल, ४ का उमेश महतो, ८ का राम विलास मण्डल, लोसपा नेता विश्वश्वर महतो, एकीकृत समाजवादीका बारा अध्यक्ष राम यादव र सोही पार्टीका रौतहट जिल्ला सदस्य रामविनोद साह पनि एमाले प्रवेश गर्नुभएको छ ।



