About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तिलक नेपाली
उर्लाबारी, १३ चैत
मोरङको दुई वटा स्थानीय तहका दलित महिला जनप्रतिनिधि र अभियन्ताहरुलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ । दलित महिला केन्द्र नेपाल काठमाडौँले उर्लाबारी र सुनवर्षी नगरपालिकाका दलित महिला जनप्रतिनिधि र अभियान्तालाई नेतृत्व विकास एवम् पैरवी सीप विकास तालिम प्रदान गरेको हो ।
उर्लाबारीमा तीन दिनसम्म चलेको तालिममा ३० जनाको सहभागिता रहेको थियो । तालिममा समाजमा आफ्नो काम, कर्तव्य र जिम्मेवारी, सञ्चार सीप, हक अधिकार लगायतका विषयमा सहजीकरण गरिएको सहजकर्ता तथा दलित महिला केन्द्रकी संस्थापक अध्यक्ष गौरा नेपालीले जानकारी दिइन् । स्थानीय तह निर्वाचन नजिकिँदै गरेको अवस्थामा पार्टीमा आफ्नो भूमिका खोज्न, माथिल्लो पदमा जान पहलकदमी गर्न, पैरवी गर्न सहजीकरण गरिएको उनले बताइन् ।
दलित महिला कोटामा मात्र सीमित नरहेर अब वडाध्यक्ष, प्रमुख, उपप्रमुखलगायतका पदमा पनि प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्ने साथै उक्त पदमा पुग्नका लागि पार्टीभित्र र बाहिर पैरवी गर्ने विषय पनि तालिममा समावेश गरिएको प्रशिक्षक राजबहादुर केसीले बताए । दलित महिलाहरुलाई नेतृत्व विकास गर्नका साथै समुदायमा परेका समस्यासँग जुध्न सीप प्रदान गरिएको उनले बताए ।
यस प्रकारको तालिम यसअघि झापाको गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका दलित महिला जनप्रतिनिधि र महिला अभियन्तालाई प्रदान गरिएको कार्यक्रम संयोजक विमला विश्वकर्माले बताइन् । उनका अनुसार दलित महिला केन्द्र नेपालले देशका ४० जिल्लामा १० वटा प्रोजेक्ट सञ्चालन गरिरहेको जानकारी गराइन् । एलडब्लुएफको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको विश्वकर्माले बताइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय