About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ चैत
निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह चुनावका लागि मतदाता नामावली सार्वजनिक गरेको छ । देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता मोरङमा छन् । एक महानगरपालिकासहित १७ वटा स्थानीय तह रहेको मोरङमा ७ लाख १५ हजार २२३ जना मतदाता छन् ।
मोरङमा सबैभन्दा धेरै मतदाता विराटनगर महानगरपालिकामा छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार विराटनगरमा १ लाख ३३ हजार १४२ मतदाता रहेका छन् भने सबैभन्दा कम केराबारी गाउँपालिकामा २३ हजार ९९० जना छन् ।
नगरपालिकातर्फ सबैभन्दा बढी सुन्दरहैँचामा ७१ हजार ७५६ जना मतदाता रहेका छन् । यस्तै, बेलबारीमा ५७ हजार २०९, पथरी शनिश्चरेमा ५१ हजार ३३०, उर्लाबारीमा ४४ हजार २७२, रतुवामाईमा ४३ हजार ५७४, रंगेलीमा ३७ हजार १८७, सुनवर्षीमा ३४ हजार ५४९ र लेटाङमा २८ हजार ४२१ जना मतदाता रहेको आयोगले जनाएको छ ।
गाउँपालिकातर्फ सबैभन्दा बढी कानेपोखरीमा ३४ हजार ४५ जना मतदाता छन् । बुढीगंगामा २८ हजार १५९, कटहरीमा २६ हजार ६३, ग्रामथानमा २५ हजार ९४२, धनपालथानमा २५ हजार ७७६, जहदामा २५ हजार ७१५, मिक्लाजुङमा २४ हजार ९३ र केराबारीमा २३ हजार ९९० जना मतदाता छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय