About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ चैत
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आज सूचना प्रकाशति गरी ७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको हो ।
आयोगले जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई निर्वाचनमा खटाएको हो । मोरङको विराटनगर महानगरपालिकामा प्रमुख निर्वाचन अधिकृतको रुपमा मोरङ जिल्ला अदालतका जिल्ला न्यायाशीश भरत लम्साललाई खटाइएको छ ।
यस्तै, कटहरी गाउँपालिकामा होमनाथ भट्टराई, कानेपोखरीमा गणेश नायक, केराबारीमा भानुभक्त न्यौपाने, ग्रामथानमा भोलानाथ निरौला, जहदामा पदमप्रसाद वस्ती, धनपालथानमा टिकेनद्रवीरजंग राणा, बुढीगंगामा मणिराम पोखरेल, मिक्लाजुङमा रामकृष्ण श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ । नगरपालिकातर्फ उर्लाबारीमा ओमकरप्रसाद न्यौपाने, पथरीशनिश्चरेमा खगेन्द्र सुवेदी, बेलबारीमा बालकृष्ण निरौला, रंगेलीमा रामहरि शर्मा काफ्ले, रतुवामाईमा राजु अधिकारी, लेटाङमा पुण्यप्रसाद ढकाल, सुनवर्षीमा चन्द्रमणि पोखरेल र सुन्दरहरैँचामा माधव भण्डारीलाई नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ । हेर्नुहोस्, प्रदेश १ का स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतको नामावलीः

 

 

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय