About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १३ चैत
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशन गर्दै छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने जानकारी दिनुुभयो । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको अनुमान गरिएको छ । मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय