
२०७८ चैत्र १३ गते, आईतबार, २७ मार्च २०२२। चैत्र कृष्णपक्ष दशमी तिथि। उत्तराषाढा नक्षत्र, १४ः०८ बजेदेखि श्रवण । चन्द्रराशि– मकर ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अः
समय मध्यमा फलदायी रहेको छ । मुद्दा ममिलामा जीत हात पर्नेछ तर घरयासी समस्याले भने सताउँदै जानेछ । तरल पदार्थको व्यवसायमा सोचे अनुकुल नै लाभ मिल्नेछ । प्रेम सम्बन्धमा कुरा बुझाबुझ नहुनाले केही बादविबाद बढेर जानेछ । शैक्षिक लगानी खासै लाभदायक नहुनाले मनमा खिन्नता छाउनेछ । माताको सुखमा बृद्दी भएर जानेछ । पेटको समस्या बढ्नाले कामले पूर्णता पाउन गार्हो पर्नेछ । धनको अप्रत्यासित लाभ मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वोः
पराक्रम बढेर जानेछ। आजको दिनमा लामो समयको लागी भनेर कामको थालनी गरेमा सहजै सफलता मिल्नेछ । नोकरीमा पद उन्नतिको समय आएको छ । हात तथा छातीको समस्याले भने सताउन सक्नेछ । काममा माइतिको साथ र सहयोग मिल्नेछ । बस्त्र तथा गरगहना व्यवसाय फास्टाएर जानेछ, तरल पदार्थको व्यवसायको थालनी नगर्नु होला । छोटो दुरीको यात्राामा लाभ मिल्नेछ । गायन क्षेत्रमा समय प्रतिकुल देखिन्छ ।




मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हाः
अप्रत्यासित धन प्राप्तिको योग रहेको छ । दिदीबहिनीको साथ र सहयोग मिल्नेछ । लामो दुरिको यात्राामा निस्कदा सजगता अपनाउनु पर्ने समय छ । गुप्त रोगले सताउन सक्ने साथै पुराना समस्या बल्झिनाले अनावश्यक तनव रहने समय छ । फिल्मी क्षेत्रमा केही बिबाद र केही चर्चा छाउने समय छ । सरकारी सेवामा जस पाउन गार्हो पर्ला । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट मनमा प्रसन्नता छाउने छ । आफन्तबाट भने आजको दिनमा टाढै रहनाले जीत तपाईंको पोल्टामा पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डोः
न्यायिक कार्यमा सफलता मिल्नेछ । पतिपत्नी बिचको सम्बन्धमा मधुरता छाउनेछ । व्यापार व्यवसायमा अप्रत्याशित लाभ मिल्ने समय देखिन्छ । कृषि क्षेत्रबाट बिशेष लाभ मिल्ने समय छ । संगीतिक क्षेत्रमा सहज यात्रा हुने समय आएको छ । आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमीप्रेमिका बिच कुरा बुझाबुझ नहुँदा झगडा हुनसक्नेछ । बिद्यार्थीको लागी भने आजको दिन मध्यमा फलदायी रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टेः
शत्रु नाश भएर जानेछन् । मावली पक्षबाट प्रसस्तै सहयोग मिल्नाले लामो समयदेखि अड्किएर बसेको कामले निरन्तरता पाउनेछ । फर्निचर व्यवसाय फस्टएर जाने समय आएको छ । शैक्षिक स्तर उन्नतिको समय देखिन्छ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मोबाइल, कम्प्युटर लगायत इलेक्ट्रोनिक क्षेत्रको लगानीमा खासै लाभदायक समय रहन्न । कृषि क्षेत्रमा गरेको लगानी भने खास लाभदायक हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पोः
सन्तान सुखमा बृद्धि भएर जानेछ । प्रेमा सम्बन्धमा आएको खटपटी सुल्झिएर जानेछ । विद्यार्थीको लागी आजको दिनमा अति नै उपयुक्त समय रहेको छ । फूपुको सहयोगले महत्वपूर्ण कामहरु बन्नेछन् । सवारी साधनको यात्राामा भने सजग हुनुपर्ने समय आएको छ । छिमेकी संगको बिबादले भने मनमा खिन्नता छाउनेछ । बैज्ञानिक, वकिल तथा पंडितको लागी आजको दिन विषेश हुनेछ । धार्मिक कार्यमा सरीक भइने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते ः
अनावश्यक बादबिबादमा मुसिनु पर्ने समय हुनाले कम बोल्दा नै उपयुक्त हुनेछ । किराना व्यवसाय साथै घरेलु उध्योग फस्टाएर जानेछ । जग्गाजमिनमा झमेला पर्न सक्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । पैत्रिक सम्पत्तिमा समस्या आउने समय देखिन्छ । बैदेशिक क्षेत्रमा गरिएको काममा खासै सन्तुष्टी देखिन्न । काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ । इलेक्ट्रोनिक व्यवशाय भने फास्टाएर जानेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, युः
चिठ्ठा कुपनमा तपाईंको नाम पर्नाले चकित रहनुहुनेछ । आफन्तजनको साथ र सहयोगको भने अपेक्षा भने नगरेकै उत्तम हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । बिलाशिताका बस्तुमा लगानी बढेर जानेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिक्षार्थीको लागी आजको दिन उपयोगी रहेको देखिन्छ । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भेः
अनावश्यक धन खर्चले गर्दा मनमा आशान्ती छाउने समय आएको छ । बादबिबादमा परीने डर हुनाले काम बोल्दा नै जित होला । न्यासध्यानको कार्यमा भने सहजता छाउनेछ । काका तथा माइजुको साथ सहयोग मिल्नेछ । तरल पदार्थको व्यवशायमा भने केही फाईदा हुनेछ । मेडिकल क्षेत्रमा गरेको लगानी भने केही लाभदायक नै रहने देखिन्छ । तामाको व्यवशायमा लाभ मिल्दै जानेछ । कलाकारको लागी समय अनुकुल देखिन्छ भने बैदेशिक क्षेत्रमा लाभ मिल्ने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गिः
शरीरमा अनावश्यक आलश्यता छाएर कार्यले पूर्णता छाउनाले असहजता हुनेछ । आफन्तको साथ र सहयोग प्राप्त हुनेछ । लामो दुरिको रमाइलो यात्राामा सरीक भइनेछ । रचनात्मक काम प्रारम्भ हुनेछ । उध्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । सन्तानको स्वास्थ्यमा समस्या आउने समय छ । विध्यार्थीको लागी समय उत्तम रहेको छ । स्त्रिको पिडाले गर्दा कार्यमा मन जान गार्हो पर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दः
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । घरमा आएको पुरानो समस्याहरु हल भएर जानेछ । समाजिक क्षेत्रका काममा मन जानेछ । राजनैतिक क्षेत्रमा एकाएक तपाईंको नामको चर्चा हुने समय आएको छ । फलफूलको व्यवशायमा लाभ लिने समय आएको छ । सन्तानको सुखमा मन आनन्दित हुनेछ । शैक्षिक स्तर उन्नतिको समय रहेको छ । आँखाको समस्याले सताउनाले पिडा महसुस हुनेछ । दीर्घकालीन योजना बनाउनको लागी समय उत्तमा रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चिः
कर्माचारीको साथ र सहयोग मिल्नाले तपाईंले थाल्नुभएको कार्यले सफलता प्राप्त गर्नुहुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । छातीमा समस्या देखा पर्न सक्नेछ । एउटै कामबाट दोहोरो लाभ समेत मिल्ने समय छ । पारिवारिक समस्याले मनमा केही आशान्ति छाउने छ । राजनैतिक क्षेत्रमा फाईदा हुने समय छ । गायनमा निखारता आउने समय आएको छ । परिस्थिती बुझेर काम गर्नाले नबन्ने काम समेत बन्ने समय छ । बोलीको प्रभाव बढेर जानेछ ।
ज्योतिषीः ॠषिराज घिमिरे
सहसचिव, दक्षिण एसियाली ज्योतिष महासंघ, अन्तराष्ट्रिय समिति ।
साम्पर्कः ९८४२६८२०१८, ९८०८५८१४५०