About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ चैत
नेपाल सरकारले सन् २०५० सम्ममा नेपाललाई टिवी फ्रि अर्थात् क्षयरोग निवारण देशका रुपमा घोषणा गर्ने तयारीका साथमा ६७ औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस देशव्यापी रुपमा मनाइएको छ ।
विश्व क्षयरोग दिवसको अवसर पारेर सरकारले सप्ताहव्यापी रुपमा “क्षयरोगीलाई उपचार र अधिकारको सुनिस्चितता क्षयरोग नियन्त्रण आजको आवश्यता” भन्ने मुल नारका साथ थालिएको कार्यक्रम मोरङको उर्लाबारी नगरपालिकामा पनि सञ्चालनमा ल्याइएको छ । चिकित्सकको सल्लाह अनुसार नियमित औषधि सेवन गरे निको हुने सरुवा प्रकृतिको रोग भएतापनि लामो समयसम्म निरन्तर औषधि सेवन गर्नु पर्ने भएका कारण विचमा औषधि सेवनमा निरन्तरता नहुदा यो रोग नेपालमा कोरोना संक्रमण भन्दा पनि घातक भएको स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन् ।
अशिक्षा र अज्ञानताका कारण नेपालमा हरेक वर्ष क्षयरोग संक्रमणको ग्राफ बढ्दो रहेको सो क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले तयार पारेको तथ्याङ्कले देखाउने गरेको छ । नियमित औषधी सेवन गरे निको हुने रोग भएतापनि औषधिलाई निरन्तरता दिन नसक्दा नेपालमा हरेक वर्ष क्षयरोगका कारण १६ हजारले ज्यान गुमाउनु परेको छ भने दैनिक रुपमा सोही रोगकै कारण ४४ जनाले मृत्युवरण गर्ने गरेका छन् ।
रोगप्रतिको अपर्याप्त सचेतना रुढीवादी सोच र समाजमा तिरस्कृत हुने भएकाले रोग लुकाएर औषधि सेवन नगरी खुल्ला रुपमा हिडडुल गर्ने बानीका कारण एक जना संक्रमितले दैनिक रुपमा १० देखि १५ जनासम्मलाई यो रोग सार्ने गरेको नेपाल क्षयरोग निवारण सस्था मोरङका प्रमुख ध्रुव उराउ बताउँछन् ।
जसका कारण हरेक वर्ष नेपालमा पहिलो चरणको परिक्षण पश्चात ४१ हजारभन्दा बढी संख्यामा सकास्पद रोगीहरु भेटिने गरेतापनि पुनः दोहोर्‍यार परिक्षण र उपचारमा नआउने गरेका कारण रोगको संक्रमण दर हरेक वर्ष उकालो लाग्दै गएको उनको भनाई छ ।
हाल नेपालमा सक्रिय शंकास्पद क्षयरोगीको संख्या ६८ हजार र सक्रिय क्षयरोगीको संख्या २८ हजार ६ सयभन्दा बढी रहेको छ भने पछिल्लो ६ महिनामा मात्रै ५ सय ६२ भन्दा बढी नयाँ संक्रमित थपिएको नेपाल क्षयरोग निवारण सस्थाले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय