About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ चैत
गत स्थानीय तह निर्वाचनमा मोरङको उर्लाबारी नगरपालिका वडा नं. ४ मा नेकपा माओवादी केन्द्रबाट दलित महिला सदस्यको उम्मेद्वार रहेकी गान्धिरादेवी विश्वकर्मा नेपाली काँग्रेसमा प्रवेश गरेकी छिन् । आज आयोजित टोल समिति गठन कार्यक्रममा काँग्रेसमा प्रवेश गरेकी उनलाई नेपाली काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोले पार्टीमा स्वागत गरे । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी १५ जना नेपाली काँग्रेसमा प्रवेश गरे ।
यसैबीच, नेपाली काँग्रेस वडा नं. ४ ले आदर्श भद्रमारी टोल र विशाल टोल आइतबारे टोल समिति गठन गरेको छ । आदर्श भद्रमारी टोल समितिको सभापतिमा लक्ष्मी दाहाल, उपसभापतिमा मुकेश श्रेष्ठ, सचिव दुर्गादेवी अधिकारी र कोषाध्यक्ष पुष्प काफ्ले रहेका छन् । सो टोलमा २८ सदस्यीय समिति गठन गरिएको काँग्रेसका क्षेत्रीय प्रतिनिधि सर्वजीत भण्डारीले जानकारी दिए ।
यस्तै, ४५ सदस्यीय विशालटोल आइतबारे टोल समितिको सभापतिमा वीरबहादुर कट्वाल, उपसभापतिमा गान्धिरादेवी विश्वकर्मा, सचिवमा निरज अर्याल र कोषाध्यक्षमा हिरा बानियाँ रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सहमहामन्त्री खड्ग फागो, महाधिवेशन प्रतिनिधिहरु गोमा नेपाल र सीता कार्की, नगर सभापति सुरेन्द्र लिम्बूले मन्तव्य राखेका थिए । वडा सभापति प्रेम याक्खाको सभापतित्व, उपसभापति दीपक गहतराजको स्वागत मन्तव्य र सचिव भीम घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय