
उर्लाबारी, १२ चैत
जनता समाजवादी पार्टीले आसन्न स्थानीय तह निर्वाचनका लागि उर्लाबारी वडा नं. २ को वडाध्यक्षको उम्मेद्वार घोषणा गरेको छ । शुक्रबार वडा नं. २ को पार्टी कार्यालय उद्घाटनका अवसरमा पार्टीका नगर अध्यक्ष मात्रिका धिमाल सर्वसम्मत रुपमा सो वडाको वडाध्यक्षको उम्मेद्वार रहेको जानकारी गराइयो ।
कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले जनता समाजवादी पार्टी नेपालको वैकल्पिक शक्ति भएको बताए । उनले मधेशी, आदिवासी, जनजातिको हक अधिकारका लागि लड्ने एक मात्र पार्टी जसपा भएको बताए । मन्त्री यादवले मात्रिका धिमाललाई जसपाको चुनाव चिन्ह छाता दिएर विजयीको शुभकामना समेत दिए । कार्यक्रममा केन्द्रीय सदस्य बाङ्गाई धिमाल, लोकसागर साम्बा,जेन्टल लावती, संघीय परिषद सदस्य पूर्ण कुरुम्बाङ, प्रदेश सदस्य विशाल आङ्देम्बे, लिम्बुवान राष्ट्रिय समिति सदस्य सन्जय राई, प्रदेश सदस्य तारा दवाडी, प्रदेश सदस्य शान्ता मोक्तान, जिल्ला सदस्य छत्र चेम्जोङ, रामकुमार राईलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य उर्लाबारी नगर उपाध्यक्ष सावित्रा याक्खा र सञ्चालन प्रदेश सदस्य दीपक न्यौपानेले गरेका थिए । नगरअध्यक्ष मातृका धिमालको सभापतित्वमा कार्यक्रम भएको थियो ।