About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ चैत
उर्लाबारी नगरपालिका वडा नं. ७ ले विपन्न समुदायका सुत्केरी महिलालाई पोषिला खाद्य सामग्री वितरण गरेको छ । सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा हेरचाह पु¥याउने उद्देश्यले पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष वीरबल थापाले जानकारी दिए ।
विहिबार वडा कार्यालयमा एक संक्षिप्त कार्यक्रमका बीच २० जना विपन्न समुदायका सुत्केरी महिलालाई वडाध्यक्ष थापा, वडा सदस्यहरु शोभितमाया तामाङ, मन्जु परियारले खाद्य सामग्री प्रदान गरे । सामाजिक विकास कार्यक्रम अन्तर्गत उनीहरुलाई चामल, दाल, अण्डा, मह, हर्लिक्सलगायत पोषक सामग्री प्रदान गरिएको हो । वडा नं. ७ ले प्रत्येक वर्ष विपन्न सुत्केरीलाई पोषणयुक्त सामग्री प्रदान गर्दै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय