About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ चैत
घरघर जाऔं, काँग्रेस जिताऔं अभियान अन्तर्गत मोरङको केराबारी गाउँपालिका वडा नं. १ पाटीगाउँमा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उल्लेख्य मात्रामा पार्टी नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि सहमहामन्त्री फागोले राजनीति सान, मानको नभएर कामको हुनुपर्ने बताए । उनले जनताको मनोभावना बुझ्ने, जनताको काममा ध्यान दिने व्यक्तिलाई नै निर्वाचनमा जिताउने बताउँदै जनताको मन जितेर अघि बढ्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरे । उनले राजनीति परिवर्तनका लागि हुनुपर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि काँग्रेस मोरङ जिल्ला समिति सदस्य उत्तम श्रेष्ठले एमसीसी र यस विषयमा रहेका भ्रमका विषयमा जानकारी गराएका थिए । पाटीगाउँस्थित महिला सहकारी संस्थाको सभाहलमा वडा नं. १ का वडा सभापति चन्द्रसिंह लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. १० का वडा सभापति चन्द्र मगर, माधवप्रसाद घिमिरे, कमल राईलगायतको आतिथ्यता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय