About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तमोर प्रभावित क्षेत्रका प्रतिनिधिसभासदस्यहरुले चिनीयाँ विदेश मन्त्रीको नेपाल भ्रमणका समयमा तमोर जलासययुक्त आयोजनाको विषयलाई उच्च प्राथमिकतामा राख्न ध्यानाकर्षण गराएका छन । परराष्ट्रमन्त्री नारायण खडकालाई भेटगरि तमोर जलासययुक्त आयोजनाका वारेमा सरकारको ध्यानाकर्षण गराएका हुन । ताप्लेजुडका प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, तेहथुमका डा.विजय सुब्बा र भवानी प्रसाद खापुड,पाँचथरका बसन्त कुमार नेम्वाड र धनकुटाका राजेन्द्र कुमार राइले संयुक्त रुपमा ज्ञापन पत्र वुझाउनुभएको हो । दुईबर्षअघि चीनका राष्ट्रपति सि जिङ्गफिङ्गको नेपाल भ्रमणमा लगानी बोर्ड र पावर चाईना कर्पोरेशन लि. का २०५ मि. अग्लो बाँध बाँधेर ७६३ मे.वा. विद्युत् उत्पादन गर्ने सम्झौता भएको थियो र्।सम्झौताको समयमा दुई वर्षभित्र आयोजनाको बिस्तृत संभाव्यता अध्ययन सम्पन्न गरेर ८ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने भनिएकोमा अहिलेसम्म लगानीको मोडल निश्चित हुन सकिरहेको छैन । यो आयोजनाबाट वार्षिक ४९६८.५६ गिगावाट विद्युत् निकाल्न सकिन्छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित “राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक अवधारणा पत्र– २०७२” मा प्रस्तावित जलसाययुक्त आयोजनामध्ये एक रहेको यो आयोजना वि.सं. २०८२ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म खासै प्रगति नभएको भन्दै ध्यानाकर्षण गरिएको छ । तमोर जलासययुक्त आयोजनाबाट विद्युत् उत्पादन मात्र नभई ३८.६५ वर्ग कि.मि. को विशाल तलाउ निर्माण भई जलयातायात र पर्यटन प्रवद्र्धनमा समेत महत्वपणर््ूा योगदान रहने छ । यो आयोजनाले प्रदेश नं. १ को संमृद्धिको ढोका खोल्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय