About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मिक्लाजुङ, १० चैत
आगामी वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा गत निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको अवधि समाप्त हुन लागेको छ । २०७४ साल असार १४ गते भएको निर्वाचनलाई फर्केर हेर्दा मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए । मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देवीप्रसाद आचार्य निर्वाचित भएका थिए । उनले ५ हजार २२९ मत प्राप्त गरेका थिए । आचार्यले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका मानबहादुर राईलाई १ हजार ६२४ मत अन्तरले पछि पारेका थिए । राईले ३ हजार ६०५ मत ल्याएका थिए ।
उक्त निर्वाचनमा ६ जना अध्यक्षका प्रतिस्पर्धी थिए । जसमा नेकपा माओवादी केन्द्रका प्रेमकुमार लिम्बूले २ हजार ९३१, राप्रपाका भुपेन्द्रराज कार्कीले २९९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पूर्णप्रसाद राईले १६९ र नयाँ शक्ति पार्टी नेपालका माधवप्रसाद शर्मा संजेलले ३७ मत प्राप्त गरेका थिए ।
यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी सरला राई निर्वाचित भएकी थिइन् । उनले ५ हजार ८३ मत प्राप्त गरेकी थिइन् । राईले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसकी आरतीदेवी पोखरेललाई १ हजार ४५८ मत अन्तरले पछि पारेकी थिइन् । पोखरेलले ३ हजार ६२५ मत ल्याएकी थिइन् । उक्त निर्वाचनमा ६ जना उपाध्यक्षका प्रतिस्पर्धी थिए । जसमा नेकपा माओवादी केन्द्रकी जमुना दाहालले २ हजार ४९८, राप्रपाकी कविता लिम्बूले ६७०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सीता साम्बा लिम्बूले १८९ र नयाँ शक्ति पार्टी नेपालकी उम्मेद्वार हरिमाया पौडेलले ३० मत प्राप्त गरेका थिए ।|

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय