About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

गजेन्द्र दंगाल
बजारमा व्यवसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी प्रतिस्पर्धी, गुणस्तरीय बनाउदै व्यवसायीका हकहित र अधिकारको आवाजलाई बुलन्द बनाउने व्यवसायीहरुको छाता संगठन हो, उद्योग वाणिज्य संघ । जुन मुलुकभरका विभिन्न पालिकामा रहेका छन् । मोरङको उर्लावारी नगरपालिकाभित्रका उद्योगी, व्यापारीहरुको साझा संस्था उर्लाबारी उद्योग वाणिज्य संघको चुनावी साधारणसभा आगामी भदौ महिना हुने भएको छ । चुनावी साधारणसभा भएकोले संघको नेतृत्व हत्याउन स्थानीय राजनीतिक दलहरू आ–आफ्ना दलगत प्यानल खडा गरेर वा साझा एजेन्डा भएका दलहरुसँगको गठबन्धन गरी चुनावी मैदानमा उत्रन आन्तरिक गृह कार्यमा जुटिरहेका छन् ।
नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, संघीय लिम्बुवानमा आवद्ध व्यवसायीहरुलाई चुनावी सरगर्मी बढेपनि कोभिड–१९ ले थिचिएर ख्याउटे बनेको उर्लाबारी बजारमा उम्मेद्वार सलबलाउन थालेपनि महामारीको कारणबाट सृजित व्यापार घाटा, बैंकको किस्ता, साहुको भाडा बुझाउन नसकेका व्यवसायलीाई चुनाब हैन तनाव देखिन्छ । नेतृत्व आउने, जाने संस्थाको विधानतः प्रक्रिया हुने कुरा नै भयो तर जबसम्म सबल, सक्षम, क्षमतावान, दुरदर्शी नेतृत्व बजारले पाउन्न तबसम्म व्यवसायीका समस्या ज्युँका त्युँ रहिरहने छन् ।

शनिबार बन्द हुने उर्लाबारी बजार, शनिबार बन्द भएकै कारण पनि उँभो लाग्न सकेन किनकी शनिबार फुर्सदिला हुने निजामति कर्मचारी, बैक, सहकारी कर्मचारी, शिक्षक, विद्यार्थीहरू सो दिन छिमेकी वजार दमक, पथरी किनमेलमा जान बाध्य छन् ।

आजसम्म जतिले उर्लाबारी उद्योग बाणिज्य संघको नेतृत्व समात्न सफल हुनुभयो के उहाँहरुको कारण उर्लाबारी बजारले प्रगति गर्न सक्यो त ? यो समय बोल्ने छ या हिम्मत गर्ने व्यापारीले बोल्ने छन् तर अबको नेतृत्व साँच्चिकै सवल, सक्षम नहुने हो भने उर्लाबारी बजार धुलाबारी बन्ने प्रायः निश्चित छ । कुनै बेला सौठा, इटहरा, मधुमल्ला, टाँडी, जाँते, रमिते, पथरीसमेतको रोजाइ बनेको उर्लाबारी बजार मधुमल्ला सडक खण्डको दुर्दशाका कारण पनि खस्कदो अवस्थामा पुगेको छ । शनिबार बन्द हुने उर्लाबारी बजार, शनिबार बन्द भएकै कारण पनि उँभो लाग्न सकेन किनकी शनिबार फुर्सदिला हुने निजामति कर्मचारी, बैक, सहकारी कर्मचारी, शिक्षक, विद्यार्थीहरू सो दिन छिमेकी वजार दमक, पथरी किनमेलमा जान बाध्य छन् ।
यतिमात्र होइन गुणस्तरीय सामानको अभाव र महंगो बजार भएको जनगुनासो समेत सुन्न पाइन्छ । यी सबै प्रकारका बाधाहरु तोडेर उर्लाबारी बजारलाई आसपासका पालिकाहरुको रोजाइको बजार बनाउँदै उर्लाबारीको अर्थतन्त्र मजवुद बनाउन सक्ने नेतृत्व उर्लाबारीले खोजिरहेको आभाष पाइन्छ । यी यस्ता बाधा अड्चन तोड्ने क्षमता बोकेका व्यक्ति उर्लाबारी उद्योग वाणिज्य संघको नेतृत्वको भागीदार बन्दैछन् । यहाँ झुटा आश्वासन र सस्तो लोकप्रियता बाँडेर नेतृत्व हत्याउने अनि माखो नमारी संस्थाको भित्तामा आफ्नो फोटो झुण्डाएर आफूलाई सामाजिक व्यक्ति बनाउन खोज्नेहरूलाई पाखा लगाउन उद्योगी व्यवसायी एक हुनु आजको आवश्यकता भएको छ । अनेकताको बीचबाट एकता खोज्दै हाम्रो होइन, राम्रोलाई विजय गराउँदै उद्योगी,व्यवसायीहरुको अधिकारको सुनिश्चितता गरांै ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय