About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

विजनेस नपाएर अनियमित वनेको प्रदेशसभाको वैठक आज वस्दैछ । प्रदेशसभाको चालु हिउदे तथा नवौ अघिवेशनको १० औ वैठक वस्न लागेको हो । वैठकका लागि प्रदेशसभाले प्रदेश सञ्चारमाध्यम ब्यवस्थापन गर्न वनेको विधेयक २०७८ प्रदेशसभामा टेवुल हुने कार्यसूची छ । यस्तै अर्थ समितिले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७८ को प्रतिवेदन वैठकमा पेश हुने छ । मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वमा सरकार गठन भएयता विजनेस अभावमा नियमिति रुपमा प्रदेशसभा वैठक वस्न सकेको छैन । यस्तै मधेस प्रदेशको प्रदेशसभाको हिजोको लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराउनुभएको छ । प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय