About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा आगामी चुनावमा गठवन्धन गर्ने कि नगर्ने भन्ने बिषयमा विवाद देखिएको छ । संस्थापन पक्ष गठवन्धनको पक्षमा देखिन्छ । संस्थापन इतरपक्ष काँग्रेस एक्लै चुनाव लडनु पर्ने पक्षमा छ । हिजो काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेर मात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ ।पार्टीको विधान अनुसार चार तहको समिति रहको भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिनइनु पर्ने निष्कर्ष निकालेको हो।पार्टीको विधान अनुसार महानगरको मेयर र उपमेयर बाहेक अन्य स्थानीय तहबारे निर्णय गर्ने क्षेत्राधिकार प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय समितिलाई दिएका कारण क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न नमिल्ने सो समूहको ठहर रहेको छ ।नेता कोइराला कम्युनिष्ट र काँग्रेसको सिद्धान्तनै नमिल्ने भएकाले गठवन्धन हुन नसक्ने वताउदै आउनुभएको छ ।यसैबिच नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । यसैबिच काँग्रेस नेता विजय कुमार गच्छेदारले भने गठबन्धनमा जोड दिनुभएको छ । गठवन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको प्रष्ट पार्नुभयो । पूर्वउपप्रधानमन्त्री गच्छदारले गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान र नागरिकले पाएको राजनीतिक उपलब्धि खोसिनबाट जोगाउन सफल भएको धारणा राख्नुभयो । उहाँले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसद्को निर्वाचनसम्म जानुपर्ने धारणा राख्नुभययो । पार्टीका पूर्वउपसभापति गच्छदारले गठबन्धनको कारण कांग्रेसको नेतृत्वमा वर्तमान सरकार निर्माण भएको चर्चा गर्दै गठबन्धनबाट धेरै स्थानीय तहले नयाँ नेतृत्व पाउने दाबी गर्नुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय