About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा लगाएको कर्फ्यु आज बिहानदेखि हटाइएको छ । कर्फ्यु हटेपछि जनजीवन सामान्य वन्दै गएको छ । जिल्ला सुरक्षा समितिको हिजो वसेको वैठकले अवस्था सामान्य वन्दै गएको निष्कर्ष निकालेपछि कर्फ्यु हटाएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै लेटाङको चार किल्ला सीमानाभित्र जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ६ बजेदेखि हट्ने जनाएको थियोे ।लेटाङ नगरपालिका–५, खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले बालिका विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोप लागेपछि आइतबार हिंसा भड्कदा लेटाङमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो । घटनापछि लेटाङ नगरपालिका–३ र ४ को गंगेचोक र कमलपुर, लेटाङ–५ को सम्पूर्ण क्षेत्र र लेटाङ–६ को वडा कार्यालय क्षेत्र, मोरङे खोला र चिसाङ खोला क्षेत्रमा कर्फ्युको आदेश जारी भएको थियो। कर्फ्यु हटे पनि यो क्षेत्रमा प्रहरी गस्ती र निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । घटनाको छानबिन गर्न समिति गठित समितिले छानविन अघि वढाएको छ । प्रदेश नम्बर १ का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र चौधरीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिलाई घटनाबारे छानबिन गरेर १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । हिजो सम्ममा ४० जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुध गरिसकेको छ । लागुऔषध प्रयोगकर्ताहरु छानविनको तार्गेटमा रहेका छन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय