About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लेटाङ, ९ चैत
जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा लगाएको कर्फ्यु भोलि (विहिबार) बिहानदेखि हटाइने भएको छ । आज कार्यालयले सूचना जारी गर्दै लेटाङको चार किल्ला सीमानाभित्र जारी गरिएको अनिश्चितकालीन कर्फ्यु विहिबार बिहान ६ बजेदेखि हट्ने जनाएको हो ।
लेटाङ नगरपालिका–५, खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले बालिका विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोप लागेपछि आइतबार हिंसा भड्कदा लेटाङमा एक प्रहरीको मृत्यु भएको थियो । त्यसपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो ।
छानविन समिति गठनः
उक्त घटनाको छानबिन गर्न समिति गठन भएको छ । प्रदेश नम्बर १ का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र चौधरीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिलाई घटनाबारे छानबिन गरेर १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको जनाइएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय