
विराटनगर, ९ चैत
प्रदेश १ मा २०७९ मा थप तीन दिन सार्वजनिक विदा हुने भएको छ । । प्रदेश १ मन्त्रिपरिषद्को बैठकले २०७९ सालमा प्रदेश सरकारले दिने सार्वजनिक बिदासम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द दिवसका दिन प्रदेशमा सार्वजनिक बिदा दिइने निर्णय गरेको हो ।



