About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ९ चैत
उर्लाबारीमा जारी संसारीमाई जल्पादेवी पालिकास्तरीय भलिबल प्रतियोगिता अन्तर्गत आजको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै दमक नगरपालिका फाइनल प्रवेश गरेको छ । रंगेली नगरपालिकालाई पराजित गर्दै दमकले फाइनल यात्रा तय गरेको हो ।
आज दोस्रो सेमिफाइनल खेल हतुवागडी गाउँपालिका भोजपुर र गलकोट नगरपालिका बाग्लुङबीच तेस्रो सेट सकिएपछि समय अभावका कारण स्थगित भएको छ । गलकोटले दुई सेट र हतुवागडीले एक सेट जितेर चौथो सेटको खेल भइरहँदा समय अभावका कारण खेल भोलिलाई सारिएको छ । भोलि बिहान ८ बजेदेखि दोस्रो सेमिफाइनल खेल पुनः सुरु हुने आयोजक योसेक क्लबका अध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए ।
उर्लाबारी–३ स्थित चन्दने खेलमैदान संसारीमाई जल्पादेवी मन्दिर व्यवस्थापन समिति र योसेक क्लबको संयुक्त आयोजनामा प्रतियोगिता भइरहेको छ । भोलि १२ बजे फाइनल खेल हुने बुढाथोकीले बताए । खेल संयोजक समीर कुँइकेलका अनुसार विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विजेतालाई १० तोला चाँदी जडित रनिङ ट्रफी प्रदान गरिने उनले बताए ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय