
मोरङ, २५ असार
कोपा अमेरिका २०२१ को फाइनलमा ब्राजिल र अर्जेन्टिना पुगेका छन् । चिरपरिचित यी दुई देशबीच आइतबार बिहान फाइनल प्रतिस्पर्धा हुँदैछ । यी दुई देशबीच एकअर्काले जित्ने अनेक तर्क प्रस्तुत भइरहेका छन् ।
फाइनल खेल हुनुअघि दक्षिण अमेरिकाका दुई महारथीको विगतका विषयमा पनि चर्चा हुने गरेको छ । हालसम्म ब्राजिल र अर्जेन्टिना १११ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा अर्जेन्टिनाले ४६ र ब्राजिलले ४० खेल जित्दा २५ खेल बराबरी भएको छ । पछिल्लो पटक यी दुई टोली २०१९ नोभेम्बरमा प्रतिष्पर्धा गर्दा अर्जेन्टिनाले जितेको थियो । त्यसअघि गत संस्करणको कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिनालाई ब्राजिलले स्तव्ध बनाएको थियो ।



