About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लेटाङ, ७ चैत
गत शुक्रबार होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेल कक्षा ७ मा अध्ययन गर्ने एक जना छात्राको घरमा पुगेका रहेछन् । विद्यार्थीसँग पानी मागेपछि उनले दिइछन् । घरमा एक्लै भएकी छात्रालाई पानी दिने क्रममा शिक्षकले सुम्सुम्याउने र जबरजस्ती गर्न खोजेछन् । बालिकाले प्रतिकार गरेपछि अरु घटना भएनछ ।
आइतबार बिहान स्कुलमा शिक्षकलाई देखेपछि विद्यार्थीले आफ्ना साथीलाई होलीको दिन भएको दुव्र्यवहारको घटना सुनाइछन् । साथीसँगको सल्लाहपछि उनीहरुले हेडसरलाई शिक्षक पौडेलले गरेको दुव्र्यवहार बारेमा निवेदन दिए । शिक्षकले पहिले पनि गलत उद्देश्यले छुने गरेका रहेछन् । स्कुलमा वडाध्यक्ष आइपुगे । त्यसपछि प्रहरीलाई खबर गरियो । प्रहरी स्कुलमा पुगेपछि भने विद्यार्थी र आसपासका मान्छे भेला भएर शिक्षकलाई लैजान दिएनन् ।
भिडले शिक्षकलाई जोगाउन लैजान खोजेको भन्दै अवरोध ग¥यो । त्यसपछि अवस्था तनावग्रस्त बन्यो । विद्यार्थीले शिक्षकले प्रयोग गर्ने मोटरसाइकल जलाइदिए । एम्बुलेन्स पनि तोडफोड गरे । भिडले दिनभरि शिक्षकलाई निकालेर लैजान दिएनन् । साँझ परेपछि प्रहरीले निकालेर लगेको थियो । लैजाने क्रममा प्रहरीमाथि आक्रमण भयो । एक जना प्रहरीको मृत्यु नै भयो । शिक्षक यतिबेला हिरासतमा छन् । लेटाङमा भीड नियन्त्रण गर्न हम्मे हम्मे परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु लगाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय