About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लेटाङ, ७ चैत
जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा आज बिहान ७ बजेदेखि कर्फ्यु लगाएको छ । लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै दक्षिणमा लेटाङ नगरपालिका वडा नं. ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको उल्लेख गरेका छन् । यौन दुव्र्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आइतबार स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय