About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, ६ चैत
सरकारले स्थानीय तह निर्वाचन सुरक्षार्थ देशका ७७ वटै जिल्लामा म्यादी प्रहरी खटाउँदै छ । जसमा सबैभन्दा बढी मोरङमा खटिने भएका छन् । मोरङमा ३ हजार ७२७ जना र सबैभन्दा कम मुस्ताङमा २ सय ३२ जना खटाइने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाल प्रहरीको सहयोगीको रुपमा जवानसरह सुविधासहित ४० दिन कार्यवधि तोकेर प्रहरी प्रधान कार्यालयले आजबाट देशभर एकसाथ म्यादी प्रहरीको भर्नाका लागि आवेदन खुलाएको छ । जिल्ला प्रहरी कार्यालयबाट म्यादीको भर्ना आवेदन लिइँदैछ ।
सरकारले प्रदेश १ का १४ जिल्लामा १७ हजार ८३१ म्यादी खटाउँदैछ । जसमा सबैभन्दा बढी मोरङमा ३ हजार ७२७ र सबैभन्दा कम ओखलढुंगामा ५७९ जना म्यादी भर्ना गरिने भएको छ । चैत ११ गतेसम्म आवेदन दर्ता गरी १५ गतेबाट छनोट प्रक्रिया सुरु गरी चैत २२ गते अन्तिम नतिजा प्रकाशन गर्ने प्रहरीको कार्यतालिका छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय