
उर्लाबारी, ६ चैत
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी उर्लाबारी नगर कमिटीको आयोजनामा शनिबार उर्लाबारीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एसका केन्द्रीय उपमहासचिव डा. विजय पौडेलको प्रमुख आतिथ्यतामा उर्लाबारीस्थित हाम्रो बचतको सभाहलमा भएको कार्यक्रममा उल्लेख्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि डा. पौडेलले प्रशिक्षण दिएका थिए । एमसीसीको अन्तरवस्तु, पार्टीको नीति र स्थानीय तह निर्वाचनमा केन्द्रीत रहेर प्रशिक्षण दिइएको थियो । नेकपा एस उर्लाबारी नगर अध्यक्ष डिवी थापाको सभापतित्वमा भएको कार्यक्रममा २५० जना नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।



